गुल्मी बलेटक्सार–रुपन्देही सम्पर्क समाज गठन (फोटोफिचर

 गोकर्ण प्रकाश ज्ञवाली, बुटवल, १८ वैशाख । गुल्मी जिल्लाको बलेटक्सार गाविसबाट रुपन्देही जिल्लामा आई बसोबास गर्ने बलेटक्सारेलीहरुको वृहत भेला शनिवार बुटवलमा सम्पन्न भएको छ ।
नवगठित गुल्मी बलेटक्सार–रुपन्देही सम्पर्क समाजका पदाधिकारीहरु
भेलाले प्रस्तावित गुल्मी बलेटक्सार–रुपन्देही सम्पर्क समाजलाई पूर्णता दिएको छ । गठित १५ सदस्यीय समाजमा ५ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ । समाजको अध्यक्षमा नारायण ज्ञवाली, उपाध्यक्षमा गोकर्णराज ज्ञवाली एवं मिनाक्षी न्यौपाने, सचिव हेम थापा, सहसचिव विष्णु ज्ञवाली र कोषाध्यक्षमा विरवहादुर क्षेत्री लगायत रहनुभएको छ । सल्लाहकार समितिमा झविन्द्र ज्ञवाली, रमेश गौतम, गोविन्द खड्का, नारद गौतम र लक्ष्मण ज्ञवाली रहनु भएको छ । 
त्यस्तै भेलाले बलेटक्सार गाविसका ९ वडाबाट प्रतिनिधिमूलक ९ सदस्यीय आर्थिक उपसमिति पनि चयन गरेको छ । गुल्मी बलेटक्सारबाट रुपन्देहीमा आई बसोबास गर्नेहरुबीच परिचित एवं एकबद्ध गराई विविध सामाजिक गतिविधिमा सहभागीता जनाउने समाजको उद्धेश्य रहेको बताइएको छ । 
कार्यक्रम नारायण ज्ञवालीको संयोजकत्व, हेम थापाको संचालन, विष्णु ज्ञवालीको स्वागत मन्तव्य, नवगठित समाजका अध्यक्ष नारायण ज्ञवालीको धन्यवाद ज्ञापनसंगै समापन गरिएको थियो ।
ज्ञवा संचार अभियान गुल्मीले समाजको हरेक गतिविधिमा प्रेस संयोजकको रुपमा भूमिका निर्वाह गर्नेछ । तस्विर ः सहभागीहरु