कार्तिक २, २०७२- सहमति र सहकार्य विपरीत
नेपाली कांग्रेसको पछिल्लो कदमबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा
जोडदार प्रश्न उठिरहेका छन्। कांग्रेसले संविधानसभाबाट संविधान निर्माण
प्रक्रियाको नेतृत्व गर्यो। संविधान नबनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष
रूपमा आएका अत्यन्तै ठूला दबाब चिर्दै आफ्नै नेतृत्वमा संविधान घोषणा गराउन
सफल पनि भयो। तर यतिखेर कांग्रेस आफूले १० महिनासम्म गर्भमा राखेर
कष्टसाध्य पीडाबाट जन्माएको सन्तानलाई लालनपालन र संरक्षण गर्दै
हुर्काउनुपर्ने दायित्व र ममता बिर्सेर किन एक्लै बाहिर बस्यो? किन हार्ने
निश्चित भएको प्रधानमन्त्री पदमा उम्मेदवारी दियो? वर्तमान राजनीतिको
संक्रमणकालीन जटिल मोडमा किन उसले आफ्नो बोली फेर्यो? यी तमाम प्रश्न
यतिखेर हाम्रासामु छन्। तर ढिलै भए पनि सभामुख निर्वाचनमा देखिएको एकता र
कांग्रेसको सुझबुझपूर्ण निर्णयले भने दलहरूबीच टुट्दै गएको सहमति र
सहकार्यको साइनो एकपटक फेरि जोडिने संकेत देखिएको छ।
यसलाई भने सकारात्मक मान्नुपर्छ। कांग्रेसका हरेक साधारण सदस्यदेखि शुभचिन्तक जोकोहीले पनि उसको पछिल्लो निर्णयलाई सही मान्न सकिरहेका छैनन्। हरेकले प्रश्न गरिरहेका छन्– हारिने जान्दाजान्दै पनि पार्टी सभापति सुशील कोइरालाको उम्मेदवारी किन र केका लागि? सहज उपलब्धिहरूलाई छाडेर कांग्रेस प्रतिपक्षमा किन उभियो? प्रतिपक्षमै बस्ने निर्णय गरिसकेपछि अहिले फेरि विभिन्न पदहरूमा दाबी किन? के संविधानको व्यवस्थापन तथा सहज कार्यान्वयन कांग्रेसको पहिलो प्राथमिकता होइन? नेपालको सीमामा बसेर नेपाली जनतामाथि नै नाकाबन्दी लगाउने समूह, व्यक्ति वा पार्टीसित अहिले तालमेल र हातेमालोको आवश्यकता किन पर्यो? यो सब कसले, किन र कुन स्वार्थका लागि गराउँदैछ? कांग्रेसले कुनै पनि निर्णय गर्दा वा राष्ट्रपति, प्रधानमन्त्री निर्वाचन गर्दा उसको केन्द्रीय समिति र व्यवस्थापिका–संसदका सांसदलाई थाहै नदिई कसको इसारामा यी निर्णयहरू गरिए? अहिले देश नाकाबन्दीको चरम मारमा परेर दैनिक उपभोग्य वस्तुदेखि औषधी, अक्सिजन र इन्धनसम्म हाहाकार मच्चिरहेको समयमा कांग्रेस वा यसको शीर्ष नेतृत्व के गर्दैछ? उसका केन्द्रीय समिति र सांसदहरू के गरिरहेका छन्? के इतिहासका जटिल मोडमा कांग्रेस खरो रूपमा उत्रिनसकेको थिएन? यतिखेर चौतर्फी रूपमा यस्ता प्रश्नले कांग्रेसलाई घेरिरहेका छन्। यस्ता प्रश्नको जवाफ कसरी दिने, हरेक कांग्रेसजनलाई अप्ठ्यारो परिरहेको छ। इतिहास भुल्नेहरू नेपाली कांग्रेस बीपी, गणेशमानजी, किशुनजी र सुवर्ण शमशेरहरूको त्याग, तपस्या, संघर्ष र बलिदानबाट जन्मेको पार्टी हो। बीपीजस्ता विचारशील, गणेशमानजी जस्ता त्यागी, आफ्नो सर्वस्व देश, जनता, पार्टी र लोकतान्त्रिक आन्दोलनका लागि समर्पित गर्ने सुवर्ण शमशेरजस्ता दानवीर, देशलाई कतैबाट पनि आँच नआओस् भनेर चिन्तनशील रहने किशुनजीजस्ता राष्ट्रवादी नेता र त्यति ठूलो सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण राजनीतिमा अवतरित गर्न समर्थ गिरिजाबाबु जस्ता कुशल संगठकहरूको अनुभवबाट खारिएको देशकै ठूलो पार्टी आज किन यसरी दिशाहीन र कुहिरोमा रुमल्लिएको कागजस्तो बनिरहेको छ? देशलाई इतिहासमै सबैभन्दा बढी अप्ठ्यारो परेको बेलामा किन कांग्रेसको नेतृत्व डगमगाइरहेको छ? ऊ कुन स्वार्थका कारण पार्टी, पार्टी नेतृत्व र समग्रमा देशै हार्ने बाटो हिँडिरहेको छ? नेतृत्वकै कमजोरीका कारण भविष्यमा कांग्रेसको नेतृत्व गर्ने लक्ष्यसाथ पार्टी र समाजमा अघि बढिरहेको युवा पंक्तिका लागि भविष्यमा केही पनि बाँकी नै नरहने हो कि भन्ने संशय खडा भएको छ। त्यसैले पनि यसबारे हामीले खरो रूपमा विमर्श गर्नैपर्ने बेला भएको छ। कता जाँदैछ कांग्रेस? पार्टी नेतृत्व नै अन्योलपूर्ण दोबाटोमा उभिएको बेला हामीले प्रश्न गर्नैपर्ने भएको छ– कांंग्रेस कता जाँदैछ? के कांग्रेससित अब देश, समाज र जनताका लागि लड्न सक्ने वा चाहने समूह र विचार छैन? के कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्ता लोभीपापी हुन्? पक्कै पनि यस्तो होइन। कांग्रेसभित्र विचार पनि छ, त्याग, बलिदान र समर्पण पनि छ। तर यी सब हुँदाहुँदै पनि यहाँ हामीलाई झुक्याउने खेल खेलिएको छ। पार्टी सभापति सुशील कोइरालाले केन्द्रीय समितिमा आफू उम्मेदवार बन्छु कहिल्यै भन्नुभएन। तर एकैचोटी बिहान प्रधानमन्त्री पदमा पराजय निश्चित देखिँंदा—देखिंँदै पनि आफूलाई कसरी उम्मेदवारका रूपमा प्रस्तुत गर्नुभयो? यस प्रश्नमाथि निश्चय नै हामीले ठन्डा दिमागले सोचेर वैचारिक मन्थन गर्नैपर्छ। सुशील कोइरालाले विगतमा सार्वजनिक रूपमै संविधान निर्माणपछि सरकारको नेतृत्व छाड्ने घोषणा गर्नुभएकै हो। तर उहाँले किन पराजयको बाटो रोज्नुभयो? यी प्रश्नको जवाफ पक्कै पनि इतिहासले कांग्रेसको वर्तमान नेतृत्वसित माग्ने नै छ। यस्ता तमाम प्रश्नका जवाफ नखोजी कांग्रेस अघि बढ्न सक्ने स्थिति अब छैन। उसले संविधानको व्यवस्थापन पनि गर्न सक्ने छैन। यस्तो स्थितिमा विगतमा संविधान बन्ने बाटोमा व्यवधान खडा गर्ने तत्त्वले अब कार्यान्वयन हुन पनि दिने छैन। यसले गर्दा नेपालको लोकतान्त्रिक आन्दोलन नै धराशायी हुनेछ र हाम्रो राष्ट्रियता पनि अत्यन्तै कमजोर हुनेछ। ‘म्याच फिक्सिङ’ का खेलाडीहरू कांग्रेसका नेताहरू केन्द्रीय समितिमा दूधजस्तो स्वच्छ बनेर उभिन्छन्। तर उनीहरू किन र कसरी भारतका माग पुरा भएनन् भने नाकाबन्दी यथावत् रहन्छ भन्ने दाबी गर्छन्? आखिर तिनीहरू को हुन्, के गर्दैछन्? कसको इसारामा कसको भरिया बनेर कसको स्वार्थपूर्ति गर्दैछन्? व्यक्तिगत स्वार्थका लागि पार्टी डुबाउने ‘म्याच फिक्सिङ’मा संलग्न यस्ता तत्त्वलाई समयमै पहिचान गर्न सकिएन भने पार्टी नेतृत्व त बर्बाद हुन्छ–हुन्छ, पार्टी पनि ध्वस्त हुने निश्चित छ। नेपाली खेल जगतमा भित्रिसकेको राष्ट्रकै बदनाम गराउने ‘म्याच फिक्सिङ’ राजनीतिमा पनि भित्रिनु चिन्ताको विषय हो। अहिले कांग्रेसभित्र जे भइरहेको छ, त्यो लोकतन्त्रका लागि भइरहेको छैन, राष्ट्रहितका लागि भइरहेको छैन र राष्ट्रिय एकता मजबुत बनाउनका लागि भइरहेको छैन। कांग्रेसका केही सीमित व्यक्तिहरू, जसले सुशील कोइरालालाई हार्ने पक्का हुँदाहुँदै उम्मेदवार बनाएर पराजित गराए, तिनीहरू फुटबलको म्याच फिक्सिङमा नेपाललाई पराजित गराउने खेलाडीभन्दा कम होइनन्। जुन व्यक्ति वा समूह नेपालमा संविधान पनि बनाउन चाहन्नथे, तिनीहरू नै तीनदलीय एकतालाई तोड्न चाहन्थे। सुशील कोइरालाको उम्मेदवारी र असफलता उनीहरूको सफलता हो। तिनीहरूले यो कामबाट ठूलो आर्थिक लाभ लिएको हुनुपर्छ। कांग्रेसका शुभचिन्तकहरू, केन्द्रीय समितिका सदस्यहरू र सांसदहरू अहिले भइरहेको प्रक्रियाप्रति असहमत छन्। केन्द्रीय समितिको बैठक बोलाउनै नमान्ने, संसदमा भोट दिनुपर्ने संसदीय दलको बैठक पनि नडाक्ने, सांसदहरूको रायसल्लाह पनि नलिने परिपाटी जायज हुनसक्दैन। अब यसलाई चिरेर अघि बढ्न युवा पुस्ता तयार रहनुपर्छ। तराई–मधेसका मागबारे हामी कुनै पनि बहानामा नाकाबन्दीको पक्षमा छैनौं। सिमानामा बसेर नेपाललाई नाकाबन्दी गर्नुपर्छ भन्नेहरूको पक्षमा पनि छैनौं। हामी कहिल्यै सत्तामा जान नपाए पनि, कहिल्यै सुविधा नपाए पनि पार्टी, देश र जनतालाई नै अन्योलमा झोस्ने ‘म्याच फिक्सिङ’का पक्षमा कदापि उभिने छैनौं। हामी तराई–मधेसका जनताले उठाएका जायज मागमा उनीहरू विरुद्ध गोली बर्साउनेहरूका विरुद्धमा छौं। तराईमा बसेर नेपाली सिमानाको रक्षा गरिरहेका जनताको कुनै पनि नाममा रगत बगाउन पाइँदैन। हामी उनीहरूका मागका पक्षमा छौं, तर त्यस्तो माग त्यहाँका जनताका अधिकारका निम्ति हुनुपर्छ। त्यो माग ५० लाख लिन बिनाकारण, बिनाउद्देश्य मर्न आऊ भन्नका लागि होइन। हामी हिमाल, पहाड र तराईका सम्पूर्ण जनताको एकताका पक्षमा छौं। हामी एकै ठाउँ बसेर तराई मधेसका जनताका द्विविधा चिर्न चाहन्छौं। तर तराईमा पहाड मिसिनै हुँदैन भन्ने पक्षमा भने हामी छैनौं। अर्कातिर तराईका जनताका नाममा तराईका ५१ प्रतिशत जनसंख्याको पनि दाबी गर्ने तर पहाडमा ६ वटा प्रदेश र तराईमा २ वटामात्र प्रदेशको कुरा गरेर तराईका जनतालाई विधायक, सांसद र मुख्यमन्त्री बन्नै नदिने पक्षमा पनि हामी छैनौं। कांग्रेसका दुश्मनहरू नेपालको इतिहासले बताउँछ, कांग्रेसका कार्यकर्ताहरू आफ्नो व्यक्तिगत सुख, सम्पन्नता र स्वार्थका निम्ति लडेका होइनन्। त्यसैले यतिखेर जेजति अन्योल भएको छ, जेजति प्रश्नहरू उठेका छन्, तिनलाई चिरेर हामी अघि बढ्न चाहन्छौं। केही अमूक व्यक्तिहरूले कसैका इसारामा पार्टीलाई जुन दिशातिर लैजान खोजिरहेका छन्, त्यसलाई हामी चिरेर रोक्न चाहन्छौं। वर्तमान घटना हाम्रो विश्वासमाथिको धोका हो। २०५१ सालमा गणेशमानजी, किशुनजी र गिरिजाबाबु बीच द्वन्द्व हुँदा पंक्तिकारले राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा भनेको थियो, ‘गणेशमानजी, तपाईं देशकै अभिभावक वा पिता हुनुहुन्छ। किशुनजी, तपाईं गृहस्थीविहीन व्यक्ति हुनुहुन्छ। तपाईंको घर नेपाल र परिवार हामी कार्यकर्ता नै हौं। गिरिजाबाबु, तपाईंका पिताले एक हातमा सम्पन्नता र अर्को हातमा फाटेको कपडा बोकेर प्रतिष्ठा र सम्पन्नता छाडी फाटेको कपडा रोजेर नेपाललाई प्रजातान्त्रिक आन्दोलनमा, जनतालाई रैतीबाट नागरिक बनाउने अभियानमा लाग्नुभएको यहाँहरू सबैलाई थाहा नभएको होइन। त्यसैले तपाईंहरू जस्ता महान व्यक्तित्वहरूले एउटा पदका निम्ति झगडा गर्न सुहाउँदैन। आज तपाईंहरू तिनै जनाले आआफ्नो नजिक ठानेका व्यक्तिहरूले कुनै दिन ऐतिहासिक पार्टी कांग्रेसलाई नै विखण्डन गराउनेछन् र यिनीहरू जेल जानेछन्। त्यसैले तपाईंहरू उनीहरूको भरोसामा नहिँड्नुस्।’ त्यतिखेर पंक्तिकारले उठाएको यो दृष्टिकोणको धेरैले प्रशंसा गरे। मेरो यो विचारलाई धेरै पत्रकारले सम्पादकीय र टिप्पणीको विषय बनाए। उनीहरूले मेरो विचारलाई समर्थन गरेको देख्दा म निकै खुसी पनि भएँ। तर ती महान नेताहरूको वरिपरि बसेर उनीहरूलाई मिल्न नदिने समूह यति मजबुत रहेछ, सांसदको टिकट पाउनैका लागि पनि पंक्तिकारले आफ्नो कपाल फुलाउनुपर्यो। विचार मेरो सत्य थियो। तर त्यही सत्य विचारले गर्दा मैले दु:ख पाउनुपर्यो। मातृका पथको यात्रा विगतमा जुन प्रवृत्तिले बीपी कोइरालालाई जेल हाल्यो र प्रजातन्त्रको घाँटी निमोठ्यो, गणेशमानजीलाई रुवायो र किशुनजीलाई अपमानित गर्यो, ०५१ मा गिरिजाबाबुको सरकार गिरायो र दुईजना सांसद लुकाएर शेरबहादुरजीको सरकार ढाल्यो, आज पनि त्यही प्रवृत्ति कांग्रेसभित्र हावी भइरहेको छ। त्यही प्रवृत्तिले सुशील कोइरालालाई दिग्भ्रमित गरिरहेको छ। यथार्थमा त्यो प्रवृत्ति भनेको मातृका प्रवृत्ति हो। त्यो आत्मघाती, व्यक्तिवादी र लोकतन्त्र विरोधी प्रवृत्ति हो। त्यो व्यक्तिगत सोख र सम्पन्नतामा रमाउने प्रवृत्ति हो। त्यो भनेको नेपालले कुनै रचनात्मक काम गर्दा उसको अस्मिता बेच्नैपर्छ, अमूक शक्तिको पाउमा घोप्टिनैपर्छ भन्ने प्रवृत्ति हो। त्यसकारण कांग्रेसभित्र त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गराउँदै तिनीहरू जुन व्यक्ति, समूह वा गुटमा छन्, तिनीहरूलाई बाहिर ल्याउनुपर्छ। राजनीतिमा सुरु भएको म्याच फिक्सिङको जालो नच्यातेसम्म राजनीति स्वच्छ हुनै सक्दैन। त्यसैले यस्ता म्याच फिक्सिङका खेलाडीहरूलाई चिनेर तिनीहरूको नकाब उतार्नु नै अबको हाम्रो दायित्व हो। - सांसद चन्द्र भण्डारी - कांग्रेस केन्द्रीय सदस्य।
Article from - http://kantipur.ekantipur.com/news/2015-10-19/20151019090613.html