गुल्मीमा फेरी तीनजनाको मृत्यु

प्रेम सुनार, गुल्मी, असोज–१९ । हिजोवस दुर्घटनाबाट पाँचजनाको ज्यान गएको १२ घण्टा नवित्दै गुल्मीमा फेरी  तीनजनाको मृत्यु भएको छ । गुल्मीका विभिन्न गाविसमा तीनजनाको मृत्यु भएको हो ।
एक जनाको लडेर मृत्यु भएको हो भने अरु दुईजनाको शंकास्पद अवस्थामा शव फेला परेको हो । इश्मा दोहोली, रेसुङगा नगरपालिका र जुनिया गाविसमा एक-एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्लाप्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक रबिन्द्र रेग्मीका अनुसार रेसुङगा नगरपालिका तम्घासको भगवती मन्दिर माथि बुढीचौर जाने उकालाकोमा नाम खुल्न नसकेका अन्दाजी ६० बर्षिय पुरुषको शव मंगलबार बिहान फेला परेको छ ।
तम्घासमा जोगि भनेर चिनिने र सडक मजदुरी गर्ने उनी मृत फेला परेकाहुन् । त्यस्तै जुनियाँगाविस–८ चिदिपानीका ४४ बर्षिय सोमबहादुर खत्रीको शवपनि मंगलबार बिहाननै उनको घर नजिकै फेलापरेको छ । दोहोली –४ कुखुरीका चिहान निवासी ३८ बर्षिय केशव खड्काको भने लडेर सोमबार राति मृत्यु भएको हो । खड्कासोमबार दिउँसो घर नजिकैको ओरालोमा लडेकाथिए ।
लडेर टाउकोमा चोट लागेपछि बनगाउँ स्थित स्वास्थ्यचौकीमा उपचार गर्न लगिएको थियो । त्यहाँ निको हुन नसकेपछि तम्घासमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको स्थानीयले बताएका छन् । उनी सोमबार विहान घरबाट पानी लगाउन निस्किएका थिए ।
घाइते अवस्थामा घर ल्याइएका उनले श्रीमती होमकलासँग आफू लडेको बताएका थिए । अरु दुईजनाको मृत्युको कारण खुलेको छैन् । प्रहरीले उनीहरुको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।