यि हुन उर्लेनी बस दुर्घटनाका घाईतेहरु

प्रेम सुनार, गुल्मी, असोज–१९। हिजो गुल्मी उर्लेनीको वस दुर्घटनामा घाईतेहरुको अवस्था र उनीहरुको नाम ठेगना प्रहरीले आज सार्वजानिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको विवरण अनुसार तम्घास अस्पतालबाट पाल्पा रिफर गरिएका १९ जना घाईते मध्ये ६ जनाको अवस्थागम्भीर रहेको छ भने दुईजना डिस्चार्ज भएका छन् । गम्भीर घाईते हुनेहरुमा गुल्मीको वलेटक्सार –७की २० वर्षिया मनिषा ज्ञवाली, विरवास –७का ३७वर्षिय ओमबहादुर रजाली, रेसुङ्गा नगरपालिका–६ की २९ वर्षिया माया परियार, सोही स्थानका ३० वर्षिय नवराज सुवेदी, वलिथुम–४ का ६७वर्षिय जनकबहादुर घर्ति  र वलेटक्सार ७की १९ वर्षिया पार्वती ज्ञवाली रहेका छन् । उनिहरुको टाउको, ढाड र छातीमा गम्भीर असर पुगेको प्रहरीले बताएको छ ।
पाल्पाका विभिन्न अस्पतालमा उपचार भई रहेका अन्य घाईतेहरुमा अर्लाङ्गकोट –६ की  २७वर्षिया पुष्पा परियार, जसका ५ वर्षिया छोरा सिजन परियारको मृत्यु भएको छ । जुभुङ्ग–४ का २१ बर्षिय किशनवलाल, भनभने–५ का १९ वर्षिय कमलपन्थी रहेका छन् ।
त्यस्तै पाल्पा मैं उपचार भई रहेकाकपिलवस्तुका ५४ वर्षिय विष्णुप्रसादपन्थी, रेसुङ्गानगरपालिका–३ की २० वर्षिया सुमित्राकुँवर, हर्दिनेटा–५ की १९ वर्षिया संगितापन्थ, रेसुङ्गानगरपालिका–८ की २७वर्षिया कमलाचुँदारा,  जसकाश्रीमान करण चुँदाराको हिजो घटना स्थल मैं मृत्यु भएको थियो । पाल्पा अर्घेलीकाश्रीधर पाण्डे, जुभुङ्ग–४ का १८ वर्षिय सुमन दर्लामी र रेसुङ्गानगरपालिका–३ का १८ वर्षिय दिपक पाण्डे रहेका छन् ।
त्यस्तै तम्घास अस्पालमा उपचार गराई रहेका घाईतेहरुमा सिर्सेनी–४ की १९ वर्षिया अन्सु घर्ति, रेसुङ्गानगरपालिका–१४ का ४९ वर्षिय खिमबहादुर घर्ति, पाल्पाका ३६ वर्षिय सन्तोष गैरे, रे.न.पा.–१५ का ३६ वर्षिय कुमार सुनार, हर्दिनेटा–५ कीदिपाअर्याल, रे.न.पा.–१४ कानविन घर्ति, वलेटक्सार–३  की १९ वर्षिया पवित्रा ज्ञवाली र पौदीअमराई–३ का ३२ वर्षिय कृष्ण पोखरेल रहेका छन् ।  यि सहित त्यस दुर्घनामा २७जना घाईते र पाँचजनाको ज्यान गएको छ ।