बुधबार, २ मंसिर, काठमाडौ । खाना पकाउने एलपी ग्याँसको अभावमा नेपालीका घरमा चुलो नबलेको खबरसँगै अनेकौँ मिठा–नमिठा घटना जन्मिन थालेका छन् ।
‘जाबो सिलिण्डर’ खोज्न नसक्ने पतिका रिस फेर्न पत्नी खाली सिलन्डर र तीन महिनाको गर्भसहित अर्कोसँग हिडेकी छन् ।
इन्धन वितरणमा धक्काधक्की नचलोस् भनेर सुरक्षामा तैनाथ प्रहरीलाई रुनु न हाँस्नु बनाउँदै बालाजुकी सोममायाँ तामाङ ग्याँसको लाइनबाटै कात्तिक १८ गते अर्को झिल्केसँग हिडिन् ।
‘बज्याले स्वास्नी त लग्यो–लग्यो, ग्याँसको खाली सिलिण्डर चाँहि किन लानुपरेको ? त्यो सिलिन्डर लगुन्जेल प्रहरी किन हेरेर बसेको ?’ बालाजु प्रहरी बृतमा सोममायाँकी पति दाबी गर्ने एकजना तन्नेरी होहल्ला गर्न पुगे ।
बिचरा प्रहरीसँग के उपाय होस् र, सिलिन्डर सहित हिँडेकी अर्काकी पत्नि उभ्याइदिने ।होटल चलाएर गुजारा गर्ने दम्पति ग्यास अभाव हुनु अघिसम्म एकदमै मिल्थे ।
प्रहरीकोमा उजुरी गर्न पुग्दा सोममायाँकी श्रीमान भन्दै थिए, ‘एक दिन एउटा ट्याक्सी ड्राइभरले हाफ् सिलिन्डर ग्याँस ल्याइदिएपछि त्यसैलाई पुजा गरौँलाझैं गर्थी, अन्तिममा त त्यहिसँगको पो हिँडिछ ।’ पति भन्छन ‘पत्नि चाहिएन, सिलिण्डर फर्का्दिए हुन्थ्यो ।’
उनी पत्नि लैजाने झिल्केलाई सराप्छन ‘तीन महिनाको गर्भवति पनि नभन्ने कस्तो पापी रै’छ बज्या ।’ प्रहरीले न उनको पत्नि खोजिदिन सक्यो न सिलिण्डर नै । आजको जनआस्थामा खबर छ ।