१७ कात्तिक, विराटनगर । नेपाली कांग्रेसमा भारतले लगाएको
नाकाबन्दीबारे शब्द पनि उच्चारण नभैरहेको समयमा नेतृ सुजाता कोइरालाले
भारतले नेपालमाथि लगाइरहेको नाकाबन्दीलाई नाकाबन्दी भन्न डराउन पर्ने कुनै
कारण नभएको बताएकी छिन् ।
बिराटनगरमा मंगलबार विहान बोल्दै उनले
भारतले नाकाबन्दी लगाइरहेको र यो घोषित नै भएको र यसलाई राष्ट्रसंघमा कुरा
गरेर समाधान गर्नु पर्ने समेत बताइन् ।