अण्डर एसएलसी बिष्णुले अर्थ मन्त्रालय हाँक्लान् ?

टीप्पणी :
-कपिल ज्ञवाली
एमालेभित्रैको चरम बिबादका कारण २६ दिनदेखि रोकिएको मन्त्रीमण्डल बिस्तार कार्य टुंगो लागेको छ ।  १० मन्त्रालय एमालेले लिएको हो । माले,मसाल र मण्डलेहरुको गठबन्धनबाट बनेको एमाले अध्यक्ष समेत रहेका केपी ओलीको नेतृत्वको सरकारले मन्त्रीमण्डललाइ पनि पूर्णता दिन सकिरहेको छैन । एमालेभित्र नै चर्काे आलोचना खेपिरहेका ओलीले आफ्नो लाइन र आफूनिकटका नेतालाइ गतिलो मन्त्रालयको जिम्मा दिने तयारी गरेकै कारण लामो सयम प्रकृया अबरुद्ध बन्यो ।

उनले सोचेअनुरुप नै राष्ट्रपतिमा एमाले उपाध्यक्ष समेत रहेकी बिद्या भण्डारी निर्बाचित त भइन् तर यता पार्टिमा भने संस्थागत निर्णय बिनानै आफुखुसि मन्त्रालय बांडफांड भएकोमा एमालेकै माधब नेपाल र झलनाथको लाइनले बिरोध जनाइरह्यो ।
kapil gyawali
टिप्पणी लेखक : कपिल ज्ञवाली
अर्थमन्त्रीमा एमालेका उपमहासचिब विष्णु पौडेललाई नियुक्त गर्ने ओलीले पहिलो चरणको मन्त्रीमण्डल बिस्तारमा प्रयास गरेका थिए । तर उनी त्यतिबेला सफल हुन सकेनन् । पौडेल अन्तिम समयमा उनी नया मन्त्रीपरिषदमा समेटिएनन् ।
नया सरकारका अर्थमन्त्रीमा विष्णु पौडेल भएपछि पुन राजनीतिक बृत्तमा तरंग शुरु भएको छ । उनी यसअघि २ पटक मन्त्री भैसकेका छन् ।
पौडेल गणतन्त्र नेपालको पहिलो संयुक्त सरकारका जलश्रोत मन्त्री पनि भएका थिए । उनले युवा तथा खेलकुद मन्त्रालय र रक्षापनि सम्हालीसकेको इतिहास छ ।  पौडेललाइ अर्थमन्त्री भन्दा अन्य कुनै मन्त्रालय दिनुपर्ने एमाले भित्रैका नेताले बताएका थिए ।  सुरेन्द्र पाण्डे अर्थमन्त्रीका अनुभबी भएपनि उनीभने माधव नेपाल प्रधानमन्त्री निकटका हुन् ।
पोर्टफोलियोमा उनीभन्दा सिनियर नेता रहेपनि ओली निकटका पौडेल भएकाले ओलीले नै अन्तिममा मन्त्री छान्ने जिम्मा आफैले लिए । बिष्णुका लागि अर्थ नया मन्त्रालय हो ।
उनलाइ यो मन्त्रालय चलाउन हम्बेहम्बे पर्ने देखिन्छ ।अन्य मन्त्रालय जस्ताे मन्त्रालय अर्थ हुंदैहाेइन।अर्थ सम्बन्धि टम [भाषा /शब्दावली] बुझ्न  निकै गाह्राे छ ।
अर्थ मन्त्रालयको नेतृत्व गर्दै गर्दा पौडेलमाथि बजेटको कार्यान्वयन गर्ने चुनौती छ । देशी विदेशी दाता, लगानीकर्ता, साझेदारहरुसंग उठबसमा रहनुपर्ने अर्थमन्त्रीको पढाइ भने माध्यमिक तहसम्म मात्रै छ ।
अर्थ मन्त्रालयका लागि अण्डर एसएलसि अर्थात् बिद्यालय तह पनि पास नगरेका बिष्णुले यसअघि जलस्रोत मन्त्री बनेका बेला विद्युत खरीद सम्झौता व्यवसायीको माग अनुसार चलाएका थिए ।
पौडेलमाथि जागिरका बारेमा केही आरोपहरु पनि लाग्ने गरेको छ । उर्जामन्त्री हुंदा उनीसंग भेट गर्न आउने आयोजनाका प्रमुखहरुसग आफ्ना मान्छेलाई जागिर लगाइदिन लिष्ट दिने गरेको आरोप छ ।
उनी बिकासबादी नेता भएपनि सानो कामको पनि जस लिने र कार्यकर्ता उक्साउने नेताका रुपमा परिचित छन् ।
उनले केहि समय पहिले बुटवलका सुकुम्बासीलाइ लालपूर्जा नदिएसम्म संबिधानसभामा नबस्ने भाषण गर्दथे । उनको चर्का भाषण अनुसार काम नभएको भन्दै कार्यकर्ताले निकै आक्रोश पोखेका थिए ।
चुनावका बेला चर्का भाषण गरेर हिडेका पौडेल स्याङ्जाबाट पाल्पा,पाल्पाबाट रुपन्देहीको बुटवलमा चुनाब लडेका थिए । तात्कालिन एमाओबादीका उपाध्यक्ष,एमाओबादी बरिष्ठ नेता डा.बाबुराम भट्टराइलाइ रुपन्देही क्षेत्र न ४ बाट संबिधानसभा निर्बाचन २ मा हराएका थिए ।
को हुन् अर्थमन्त्री बिष्णु पौडेल ?
बिस २०१६ साल मंसिर ५ गते स्याङ्जाको पुतलीबजार १३ उनको जन्म भयो । कुटील स्वभाबका पौडेल बाहिरभन्दा भित्री रुपमा गोटी चाल्न सिपालु छन् ।
पिता देविलाल र माता रेवती पौडेलका छोरा विष्णुप्रसाद पौडेलले माध्यामिक तहसम्म पढेका छन् । उनी २०३३ सालदेखि राजनीतिमा सक्रिय छन् ।
२०५१ सालमा प्रतिनिधि सभा सदस्य समेत भइसकेका पौडेल २०५३ सालमा युवा खेलकुद तथा संस्कृती मन्त्री समेत बने ।
२०३७ सालमा ३ वर्ष राजकाजको मुद्धा खेपेका उनले ३ हजार रुपैया जरिवाना सहित भैरहवा जेल चलान भएका थिए । तर उनी जेल पुगेको ४५ दिनपछि जेल बिद्रोह गरेका थिए ।
नेकपा एमालेका हालका केन्द्रिय उपमहासचिब समेत रहेका पौडेल २०६४ सालको संविधानसा चुनावमा रुपन्देही क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए ।
उनले २०६४ सालको संबिधानसभा निर्बाचनमा रुपन्देही क्षेत्र नं ४ बाट बिजयी भए । उनले १५ हजार ८ सय ८० मत ल्याए ।
निकटतम प्रतिद्वन्द्वी एमाओबादीका भक्ती पाण्डेले १३ हजार ४ सय २१ मत ल्याए भने नेपाली कांग्रेसका (हाल स्वर्गेबास) सूर्य प्रसाद प्रधानले १३ हजार १ सय ८२ मत ल्याए ।
२०७० को दोश्रो संबिधानसभा चुनाबमा ‘हेभीवेट’का नेता डा.बाबुराम भट्टराइलाइ हराउदै पौडेल संबिधानसभा सदस्य बनेका थिए । ६५ हजार २ सय ४ मतदाता रहेको रुपन्देही क्षेत्र नं ४ मा पौडेलले १९ हजार ५ सय ७६ मत ल्याएर बिजयी भएका थिए ।

बिबादकाे चंगुलमा नफसुन् मन्त्रीहरु 

शुशील काेइरालाकाे सरकारमा पुगेका एमालेका १३ मन्त्रीहरु मध्ये ६ जनाले स्काण्डल मच्चाएर चर्चा र बिबादमा तानिए  ,अाेली नेतृत्वकाे बर्तमान सरकारमा सामेल मन्त्रीहरु पनि बिबादमा चंगुलमा नफसुन् । याे मन्त्री मण्डलमा पनि बिबादमा तानिएका र जनताका अाँखाले गतिलाेगरि चिनिएकाहरु पनि छन् ।
इतिहासमै ६-६ जना उपप्रधानमन्त्री बनाएर अाेलीले अाफूलाइ के शिद्ध गर्न खाेज्दैछन् ?
निश्चित मापदण्ड बनाएर सरकारमा लैजाने बताइरहेकाे एमालेले मापदण्डलाइ तिलाञ्जली दिएकाे छ । नँया सरकारका बहुसंख्यक मन्त्रीहरुकाे शैक्षिक याेग्यतामाथि प्रश्न उठिरहेकाे छ । याे  बिचमा अाेली सरकारलाइ सबै बिचार शक्तीलाइ समेटेर सरकार चलाउनु फलामकाे चिउरा चपाउनु सरह हुनेछ ।

के काे लागि ६ जना उपप्रधानमन्त्री  ?

एमाले उपाध्यक्ष भीम रावललाई उपप्रधानसहित सहरी विकास, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अन्तिममा भने       मन्त्री पद स्विकारिनन् , शाक्यले आफ्नो सट्टा श्रीमाया थकालीको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेकी थिइन् । तर, प्रधानमन्त्री ओलीले थकालीको सट्टा शान्ता मानवीलाई मन्त्री बनाए ।
उपमहासचिव विष्णु पौडेललाई अर्थ, केन्द्रीय सदस्य शेरधन राईलाई सूचना तथा प्रविधि नेता आनन्द पोखरेललाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि बिना विभागीय मन्त्रीको सपथ लिइसकेका सत्यनारायण मण्डलाई युवा तथा खेलकुद, राप्रपा नेपालका रामकुमार सुब्बालाई भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका रामजनम चौधरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी तोकिएको छ । विश्वेन्द्र पासवानलाइ पनि अाजै मन्त्रालयको जिम्मेवारी प्रदान गरिएकाे छ ।

तराइ मधेशकाे समस्या किन समाधान भएन ?

सरकार सत्ताबाँफाँडमै केन्द्रित हुँदा अाम नागरिकहरुभने जनजीवीकाकाे पीडामा छन् । हातमुख जाेर्न समस्या भएकाे छ । बजारमा इन्धनकाे अभाबहुदा सबै क्षेत्र तहसनहस बनेकाे छ ।
तराइ मधेशकाे अान्दाेलन ८२ दिनदेखि चर्किरहेकाे छ । भारतकाे नाकाबन्दीका कारण सबैभन्दा बढि मार गरीब निमुखाहरुलाइ परेकाे छ । भारतका कारण नेपालीहरुले भाेग्नुपरेकाे समस्यालाइ सरकारले बेलैमा कुटनीतिक पहल गर्न जरुरी छ । नेपाल भारतकमाे चेपुवामा परेकाे याे समस्यालाइ सरकाले अन्तराष्ट्रियकरण गर्न अझै सकिरहेकाे छैन ।यद्यपी केहि प्रयास भएका छन् ती प्रभाबकारी हुन जरुरी छ । - nagarikaawaj.com
 kplgyawali3@gmail.com