डेढबर्षअघि खनिएको तिनमुखे पुलको जग | तस्बिर : रुरु नेटवर्क |
ज्ञवा संचार, पौष १८ । शिलान्यास
भएको डेढबर्ष बितीसक्दा पनि निर्माणको काम शुरुवात हुन नसकेको रिडीको तीन
मुखे पुलले फेरी अर्को पिडा थपेको छ | शिलान्यास भएको डेढ बर्षमा पनि काम
नभएपछि पुल निर्माणको लागी खनिएको जग धराप सिद्ध बनेको छ्। रिडीको
सुगन्ध बिहार टोलदेखी ठाडो गल्ली जाने मुल बाटोमा तीन मुखे पुलको शिलान्यास
गर्न डेढ बर्ष अघी जग खनीएको थियो। अहिले यो जगको खाल्टो बटुवाहरुको लागि
धराप सिद्ध भएको छ्।
दिउँसको समयमा बटुवाहरु जसोतसो गरी यो बाटो त हिंड्ने
गर्छन तर रातीको समयमा भने निकै समस्या हुने गरेको छ्। यो जगको खाल्टो
खनीए पछी अहिलेसम्म दर्जनौ बटुवाहरु उक्त खाल्डोमा खसीसकेका छन् | खाडल नजिकै पैदल यात्रुहरु ओहोरदोहोर गर्ने बाटो रहेको र उक्त बाटो साँगुरो भएकोले खाडलमा खसिने हो या भिरमा लडिनेहो भन्ने तनाबमा पैदल यात्रुहरु हुन्छन |उक्त जोखिम यात्रा छिचोलेर पार हुन यात्रुलाई हम्मे हम्मे पर्दै आएको स्थानीय युवा सुन्दर कसजु बताउनुहुन्छ |
अहिले रिडी वासीलाई तीन मुखे पुल बन्न नसकेको पिडा एकठाउँमा छ् भने धराप बनेको पुलको जगले अर्को पिडा थपेको कसजु बताउनुहुन्छ । तस्बिर : रुरु नेटवर्क