सौताआमाद्वारा मारिएका दुई छोराहरुको शव |
प्रेम सुनार, गुल्मी, माघ–१५ । गुल्मीको हाडहाडेमा दुई हप्ता अघि सौतनी आमाद्धारा हत्या गरिएका दुई वालकहरुको अहिले सम्म काज किरिया हुन सकेको छैन । गत माघ ५ गते गुसाँझ र अर्को दिन विहान ४ वजेको समयमा सौतेनी आमा २६ वर्षिया शान्ता पुनद्धारा हत्या गरिएका ७ वर्षिय विवेक पुन र ५ वर्षिय विक्रम पुनको काज किरिया हुन नसकेको हो ।
जेठी श्रीमतिले जन्माएका ति दुवै सन्तानको कान्छि श्रीमति शान्ताले हत्या गरेको खवर पाउन साथ सउदी अरवबाट आएका ति वालकका वावु नरेन्द्र पुन घर आएको झण्डै एक हप्ता वित्दा समेत उनिहरुको काज किरिया हुन नसकेको स्थानिय समाज सेवी सुर्य थापाले जानकारी दिए ।ति दुई छोराहरुको हत्या भएको चार दिन नवित्दै श्रीमति पिडित पुनकी आमाको पनि मृत्यु भए पछि अहिले तिनै भाई घर आएर आमाको किरिया क्रम गर्न लागेको थापाले बताए । श्रीमतिले घर भित्र सौताका जेठा छोरा विवेकलाई बासी दाल भातमा मुसा मार्ने विष राखेर खान दिएर मारेको र अर्को दिन विहान कान्छा छोरा विक्रमलाई मुख थुनेर घाँटी च्याँपेर हत्या गरेको प्रहरी संग स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी रविन्द्र रेग्मीले बताएका छन् ।
माघ ५ गते विहान करिव ७ वजेको समयमा विष सेवन गराई दिनै भर वान्ता गर्दै तड्पीएका ति वालकले सौतेनी आमा संग जिवनको दुहाई माग्दै रुदै त्डपीदै गर्दा पनि गुहार नदिए पछि उनको साँझ करिव ९ वजेको समयमा मृत्यु भएको अभियुक्त शान्तिले बयान दिएकी छन् ।
त्यस्तै आफु पनि मारिने डरले निसास्सीदै सुतेका ५ वर्षिय अर्का वालकलाई पनि विहान ४ वजेको समयमा सुरुमा पानी टेप मुखमा लगाएर घाँटी वटारेको त्यसले पनि नपरेर धेरै वेर सम्म मुख थुनेर मारेको शान्तावले प्रहरी संग बताएकी छन् ।
यो दर्दनाक घटनाले यति वेला हाडहाडेका वाल वालिका रातमा निदाउन र दिनमा गाउँ हिड्न समेत डराउने गरेका छन् । सौताका दुई छोराहरुको हत्या अभियोगी पुन विरुद्ध अदालतमा मुद्धा दायर गरी उनलाई प्रहरी हिरासतमा राखिएको छ ।
१० महिदना अघि मात्र सउदी अरव पुगेको उनका श्रीमान घर त आएका छन तर श्रीमतिले हत्या गरेको त्यस घरमा नवसी छिमेकी दाजु भाईको घरमा बसेका छन् । घरमा कुनै माथी कुनो खप्टीएका कारण ढिला भएको अव भेली पर्सी देखि छोराहरुका किरिया क्रम गर्ने उनले बताए ।
घटना भएको घर |
अभियुक्त शान्ता पुन |