अर्थ मन्त्रालयबाट रकम विनियोजन सहित गरिएको सम्झौता पत्र |
प्रेम सुनार, गुल्मी, चैत्र–७ । वहुवर्षिय योजना अन्तरगत गुल्मीको खज्र्याङ्ग चारपाला, गौडाकोट, जुभुङ्ग , मजुवा देखि शान्तिपुर सम्मको सडक अव छिट्टै फराकिलो र कालोपत्रे समेत हुने भएको छ । त्यसका लागि आजै अर्थ मन्त्रालयबाट १३ करोड ४ लाख रुपैयाँ विनियोजन भएको नेपाली कांग्रेस गुल्मीका जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए ।
उनले भने –‘ देशका २ सय ४० निर्वाचन क्षेत्र मध्ये यति ठुलो रकम गुल्मीको उक्त सडकलाई पर्नु हामी सवै गुल्मेलीका लागि गौरवको कुरा हो , यो रकम पार्नमा क्षेत्र नम्वर २ का सांसद चन्द्र भण्डारीले गरेको पहल प्रति हामी उहाँलाई धन्यवाद दिन चाहन्छौं । ’शालझण्डी तम्घास फस्ट्रयाक सडक आयोजना अन्तरगत यो रकम परेको हो ? भन्ने विषयमा जिज्ञाषा राख्दा नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका सांसद भण्डारी भने –‘होईन यो अलग रकम हो । ‘पटौतीबाट खज्र्याङ्ग सम्म आए पछि त्यहाँबाट विभिन्न स्थानमा जाने बाटाहरु बन्दै छन् । एउटा सडक रिडी हुँदै जान्छ । अर्को भटुका दिगाम हर्दिनेटा बलेटक्सार उल्लीखोला सडक विस्तारका ललागि एक महिना अघि १० करोड रुपैयाँ विनियोजन भई सकेको छ’– भण्डारी भने–‘ यो १३ करोड रकमले खज्र्याङ्ग देखि शान्तिपुर सम्मको सडक ८ मिटर फाराकीलो पार्नका लागि हो ।’उनका अनुसार पहिलो चरणको यो रकमले उक्त सडक चौडा पार्ने काम गरिने छ र दोश्रो चरणमा कालोपत्रे गर्नका लागि रकम छुटाउने शैद्धान्तिक सहमती मन्त्रालय संग भई सकेको छ । अव तत्काल तम्घास सिमिलटारी पुर्कोटदह प्युठान सडक परियोजनाले टेण्डर आव्हान गरेर काम सुरु गर्ने त्यस रकम विनियोजनको पहलका लागि अर्थ मन्त्रालयमा पुगेका कांग्रेस सचिव पन्थीले जानकारी दिए ।