फेसबुकमा जुटेका युवाले जुटाए गुल्मी पिपलधारामा १० लाख बढिको एम्बुलेन्स

प्रेम सुनार, गुल्मी, चैत्र–२७ । सामाजिक संजाल फेशवुकको माध्यमद्धारा गुल्मी पिपलधाराका युवाहरुले एक वर्षको अन्तरालमै गाउँमा एम्वुलेन्स किन्ने पैसा जुटाएर सञ्चालनमा समेत ल्याएका छन् । पिपलधारा चौतारी गुल्मी नामक फेशवुक पेज खोली त्यसको माध्यमद्धारा  विदेशका विभिन्न मुलुकमा रहेका सय जना भन्दा बढि पिपलधाराका युवाहरु संगठित भई  यस्तो उदाहरणीय कार्य गरेका हुन् ।ति युवाहरुले एक वर्षको अवधीमा चार सय जना भन्दा बढि सहयोगदाता जुटाएर साढे दश लाख भन्दा बढि मुल्यको एम्वुलेन्स खरिद गरी आज एक समारोहका विच  गाउँवासीलाई हस्तान्तरण समेत गरेका छन् । उनिहरुले पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मी नामक संस्था समेत दर्ता गरी त्यस संस्थाद्धारा  उक्त मुल्य वरावरको सुविधा सम्पन्न एम्वुलेन्स  गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीद्धारा उद्घाटन गराई  पिपलधारा स्वास्थ्यचौकीलाई हस्तान्तरण गराएका हुन् ।
समारोहमा सञ्जालका स्थानिय समन्व्य समितिका अध्यक्ष वावुराम जिसीले उक्त स्वास्थ्य चौकीका प्रमुख प्रेम खनालाई एम्वुलेन्सको चाँवी हस्तान्तर गर्ने क्रममा स्थानिय वृद्ध वृद्धा समेत पञ्चेवाजमा नाच गान गरी खुशीयाली मनाएका थिए ।  हाल मलेशियमा रहेका सञ्जालका सचिव  राजेन्द्र गड्काले दिएका जानकारी अनुसार  फेशवुक पेज र  वाटशपको माध्यमद्धारा एक वर्षको अन्तरालमा विभिन्न २२ मुलुकमा रहेका पिपलधारावाीद्धारा २८ लाख रुपैयाँ सहयोग जुटाउन सफल भएको  बताए ।
उनले भने –‘ त्यस मध्ये साढे दश लाख मुल्य वरावरको एम्वुलेन्स खरिद गरिएको र बाँकी रकमले गाउँको अन्य विकास निर्माणमा लगाउँने भएका छौ  । ’मलेशियावाट हालै घर आएको सञ्जालका केन्द्रिय सदस्य सुन्दर कार्की भन्छन् –‘ हेरौं साथी भाईहरुले के भन्छन  भनेर खेलाचीकै भरमा सामाजिक सञ्जालबाट सुरु गरेका हौं तर आज यति सफल भईएला भनेर सोचिएकै थिएन् ।’
दुवईबाट घर आएका अर्का केन्द्रिय सदस्य वावुराम खड्का भन्छन –‘साथीहरुलाई प्रोत्साहित गर्न सुरुमा २० हजार सहयोग गरेको मैले हो , त्यति वेला लागेको थिएन कि २८ लाख उठ्ला भनेर ।’ भारतमा छँदा अभियान्तका रुपमा काम गरेका  सस्थापक अध्यक्ष वावुराम थापाले अहिले मलेशियाबाट भने ‘म सम्पुर्ण पिपलधारा सम्पर्क समिति सञ्जालका  साथीहरुलाई धन्यवाद दिन चाहन्छु ।’
युएईबाट वर्तमान अध्यक्ष कमल जिसीले फोन मार्फत समारोहलाई सम्वोधन गर्दै भने–‘  गाउँवासीका सुविधाका लागि यसरी एउटै परिवार जस्तो भएर जुट्न पाएकोमा आफुहरुलाई खुशी लागेको भन्दै आगमी दिनमा पनि सञ्जाल पिपलधाराको शिक्षा , स्वास्थ्य र अन्य विकास निर्मार्णमा जुट्ने छौं ।’
   पिपलधारा सहित गुल्मीका उपचार नपाएर जिवन मरणको दोसाँधमा रहेका थुप्रै विरामीको उपचारमा समेत आर्थिक सहयोग गर्दै आएको जनाउँदै अध्यक्ष जिसीले मानव सेवा नै सच्चा धर्म भएको बताए । ’
   बेलायतबाट सञ्जालका युके संयोजक रविन महतले फोन मार्फत समारोहलाई सम्वोधन गर्दै भने–‘ मलाई वेलायतको सुख सुविधा भन्दा मेरो गाउँको हिलो माटो नै प्यारो छ , यसर्थ हरवखत गाउँको सेवामा जुटेको र  गाउँका नेताहरु  पनि राजनैतिक प्रतिसोध साँधेर आपसमा पाखुरा निमोठ्नु भन्दा मिलेर साझा भावनाले विकास निर्माणमा जुट्न आग्रह गरे ।
    कार्यक्रमका प्रमुख अथिती सहायक प्रमुख जिल्ला अधिकारी पन्थीले देशका सवै युवाहरुले पिपलधाराका युवाहरुले  गरेको यस्तो उदाहरणीय कामको अनुसारण गर्नु पर्ने सुझाव दिए । यस्तै कार्य हरेक गाविसका युवाहरुले गर्न सके वषौं सम्म राज्यको मुख ताकेर सुविधा विहिन हुन नपर्ने उनको धारणा थियो ।
  कार्यक्रममा विशेष अतिथी जनस्वास्य कार्यालका कृृष्णप्रसाद पन्थी , नेपाल रेक्रश सोसाईटीका जिल्ला उपाध्यक्ष अनन्तराज पौड्याल, जन स्वास्थ कार्यालका श्रीकृष्ण भट्टराई नेपाली कांग्रेसका जिल्ला सदस्य नविन जिसी, यके समाज गुुल्मीका सल्लाहकार चेतनाथ खनाल, नेवि संघका जिल्ला अध्यक्ष सुदर्शन खनाल, पे्रश युनियन रुपन्देशीका अध्यक्ष तथा एम्वुलेन्स अभियानका अभियान्त समेत रहेका विक्रम खड्का लगायतका वक्ताहरुले विदेशमा रहेका पिपलधाराका युवाहरुलाई स्वावासी दिए ।
 कार्यक्रमानेपाली कांग्रेस पिपलधाराका सभापति हरिवहादुुुर थापा, नेकपा एमालका अध्यक्ष वावुराम खड्का , एमाओवादीका अध्यक्ष रत्नप्रसाद खनाल, राप्रपका टानबहादुर केसी, गाविस सचिव ईस्वरी भण्डारी समाज सेवी प्रेमबहादुुर थापा लगायतले पनि मन्तव्य राखेका थिए । गाउँमा एम्वुलेन्स भित्रिए पछि स्थानिय  विद्याथीहरुले स्वागत गानमा यस्तो गीत रचे –‘प्रदेशीको पौरखले पिपलधारा रसायो , एम्वुलेन्स अभियानले सारा युवा जुटायो, जुटौं पिपलधारामा चौतारीकै पारामा, यसरी नै विकासको सन्देश छरौ सारामा.....’ 
    कार्यक्रममा पिपलधारा स्वास्थ्य चौकी ईन्चार्ज प्रेम खनालले  भने–‘ त्यसो त हामी पिलधाराका प्रत्येक सहयोगदातालाई धन्यवाद दिन्छौ त्यसमा पनि गृह मन्त्रालयका उपसचिव तथा पिपलधारावासी डाक्टर नाराययणबहादुर थापा, पाटन अस्पतामा कार्यरत श्याम ओली, काठमाण्डौ टुर एण्ड ट्राभल्सका  प्रमुख, वुटवलका पत्रकारहरु विक्रम खड्का, अर्जुन ज्ञवाली लगायतलाई विशेष धन्यवाद दिन चाहन्छौं ।’
      उनले विदेशमा रहरे विशेष अभियान्तको काम गर्ने युएईमा कार्यरत कमल जिसी, युकेमा कार्यरत रविन महत, दक्षिण कोरियामा कार्यरत महेन्द्र गौतम, जापानमा कृष्ण खनाल, मलेशिबाट मोहन खड्का, सुन्दर कार्की र रामबहादुर थापा लगायतलाई स्वास्थ्यचौकी परिवारले आभार प्रकट गरेको बताए । उनका अनुसार पिपलधारामा सञ्चालित एम्वुलेन्सले गुल्मका चार वटा गाविसमा र छिमेकी जिल्लाका ३ वटा  गाविसमा सेवा दिन सक्ने बताए । केहि महिना अघि एम्वुलेन्स उद्घाटनमा आएका गुल्मी क्षेत्र नम्वर ३ का सभासदर गोकर्ण विष्टले व्यानर मात्रै उद्घाटन गरेर जानु परेको थियो । ठिक त्यति नै वेला भारतको अघोषित नाका वन्दीका कारण एम्वुलेन्स भन्सारमै थन्कीएकोले त्यस्तो भएको थियो ।
   कार्यक्रममा सहयोगदाताका परिवारजनलाई सम्मान गरिएको थियो । हस्तान्तरण कार्यक्तममा गिरीजा ख्डकाको संयोजकत्वमा  स्थानिय कलाकारहरुले गीत नृत्य पनि प्रस्तुत गरेका थिए । सञ्जालका स्थानिय समन्व्य समिति अध्यक्ष वावुराम जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव हरि शर्माको सञ्चालन रहेको थियो । 
सहकर्मी सुनार सम्मानित 
    यसै विच सोही कार्यक्रममा  ज्ञवा संचार सहकर्मी प्रेम सुनारलाई  पिपलधारा चौतारी सम्पर्क समिति विश्व सञ्जाल गुल्मीले सम्मान गरेको छ । सुनारले सञ्जालले चलाएको अभियानलाई सञ्चार माध्यमको तर्फबाट सहयोग पुराएको भन्दै सम्मान गरेको आयोजकले बताए ।
त्यस्तै बिबीसी नेपाली सेवा रुपन्देही समाचारदाता माधव नेपाल, नेपाल टेलिभजन रुपन्देहीका समाचारदाता हरिष ढकाल, प्रेश युनियन रुपन्देहीका अध्यक्ष विक्रम खड्का, पत्रकारहरु  अर्जुन ज्ञवाली र सिपी खनाललाई पनि सम्मान गरिएको थियो । सञ्जालले केहि दिन अघि सम्पन्न नेपाली कांग्रेस गुल्मी जिल्लाको अधिवेशनमा सोही गाउँका नविन जिसी अत्याधिक मत लिएर जिल्ला सदस्यमा विजयी भएको भन्दै सम्मान गरेको थियो । 
हेरौ तस्वीरमा एम्वुलेन्स हस्तान्तरण कार्यक्रम