एक लिटर तेलको २० लाख पर्ने खेतीप्रति राज्य मौन
प्रेम सुनार(ज्ञवा संचार), चैत्र–२३ । आज भन्दा ५ वर्ष अघि हिमाल खवर पत्रिकाले (वर्ष २० अङक १२–१३ ,पुर्णाङक २७३ मा) गुल्मीका एक लाहुरेले संसारकै वहुमुल्य वनस्पति अगरउड खेती गरेको समाचारलाइ महत्वका साथ कभर स्टोरी बनाएर प्रकाशित गरेपछि देशभरमै त्यसले ठुलो चर्चा पायो । त्यसपछि प्रथम गुल्मी महोत्सवमा प्रर्दशन गरिएको अगरउड र त्यससंग संवन्धित खोजमुलक सामग्रीहरुको प्रमुख अतिथी बन्न आएका प्रधानमन्त्री देखि केन्द्रका विभिन्न नेता तथा उच्च पदस्थ अधिकारीहरुले समेत अवलोकन गरेर ति कृषकलाई स्यावासी दिदै राज्यको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका थिए । तर त्यस यता गुल्मीका ति कृषकले गरेको अगरउड खेतीको चर्चा न सञ्चार माध्यमले गरे न त ति नेता र सरकारी अधिकारीहरुले नै । तै पनि ति कृषकले हरेस खाएनन् । उनले त्यस खेतीलाई मात्र नभई अन्य वनस्पति सहित एकिकृत कुषि तथा पशुपालन व्यवसायलाई ठुलो उद्योगका रुपमा अगाडी बढाए । उनि हुन भार्से गाविस वडा नम्वर ३ गोविन्दथानका ५६ वर्षिय धनबहादुर पुन ।
जसले सुरुमा सहयोगको अपेक्षा गरे पनि पछि गएर कुनै सरकारी निकाय संग पुगेर परामर्श वा अन्य सहयोग लिन च्याँख मारे । बरु त्यस खेतीले चर्चा पाएको झण्डै पाँच वर्ष पछि आफै चासो राख्यो सरकारी निकाय जिल्ला वन कार्यालय गुल्मीले र यस हप्ता उनको अगरउड वगानमा पुग्यो । अगरउड वगान र उनले गरेको कृषि र पशुपालनको अवलोकन गरेपछि चकित परेका जिल्ला वन अधिकृत विशाल घिमिरेले भने –‘यो त गाउँमा लुकेर रहेको देशकै ठुलो उदियामान अर्गानिक उद्योग हो , तर पनि ओझेलमा परेको रहेछ । ’प्रेम सुनार(ज्ञवा संचार), चैत्र–२३ । आज भन्दा ५ वर्ष अघि हिमाल खवर पत्रिकाले (वर्ष २० अङक १२–१३ ,पुर्णाङक २७३ मा) गुल्मीका एक लाहुरेले संसारकै वहुमुल्य वनस्पति अगरउड खेती गरेको समाचारलाइ महत्वका साथ कभर स्टोरी बनाएर प्रकाशित गरेपछि देशभरमै त्यसले ठुलो चर्चा पायो । त्यसपछि प्रथम गुल्मी महोत्सवमा प्रर्दशन गरिएको अगरउड र त्यससंग संवन्धित खोजमुलक सामग्रीहरुको प्रमुख अतिथी बन्न आएका प्रधानमन्त्री देखि केन्द्रका विभिन्न नेता तथा उच्च पदस्थ अधिकारीहरुले समेत अवलोकन गरेर ति कृषकलाई स्यावासी दिदै राज्यको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका थिए । तर त्यस यता गुल्मीका ति कृषकले गरेको अगरउड खेतीको चर्चा न सञ्चार माध्यमले गरे न त ति नेता र सरकारी अधिकारीहरुले नै । तै पनि ति कृषकले हरेस खाएनन् । उनले त्यस खेतीलाई मात्र नभई अन्य वनस्पति सहित एकिकृत कुषि तथा पशुपालन व्यवसायलाई ठुलो उद्योगका रुपमा अगाडी बढाए । उनि हुन भार्से गाविस वडा नम्वर ३ गोविन्दथानका ५६ वर्षिय धनबहादुर पुन ।
अगरउड सहित के के गर्दैछन त पुनले ?
पुनको अगरउड वगान रहेको स्थानमा पुगेर समुन्द्री सतह देखि १३ सय ५० मिटर उचाई मापन गरी सकेपछि जिल्ला वन अधिकृत घिमिरेले अगरउड खेतीका लागि त्यस ठाउँ करिव करिव उचित रहेको बताए । पुनले १५ वर्ष अघि लगाएको अगरउडको वोटले अव वजार लिने तर्फ उन्मुख भएको रहेछ । त्यस पछि उत्साहित भएर उनले ६ वर्ष देखि अहिले सम्म लगाएका करिव ८ हजार वोट अगरउडका रुखहरु पनि फैलाउँदै गएका रहेछन् । त्यसका अलवा एवोगार्ड, ग्राउड एप्पल, सुन्तला, कागती , मसालाजन्य खेती र हरियो तरकारी खेती, मौरी पालन ,जडीवुटी लगायत कुनै चिज त्यहाँ कमी छैन् । गाउँमा दुख गर्न नचाहेर अरुले भैसी पाल्न छाड्दै गएको वेला लाहुरे पुनले भैसी मात्रै १६ वटा पालेका छन् । यो जमनामा एउटै व्यक्तिले १६ वटा भैसी पाल्नुलाई गुल्मेली वासीन्दा समेत रहेका सहायक वन अधिकृत कर्णबहादुर पाण्डेले अनौठो माने । उनले भने–‘ एक समयको एउटा लाहुरे पुनले पुर्खाहरुको पौरख फेरी फर्काउनका लागि युवाहरुलाई प्रोत्साहित गर्दैछन् ,जहाँ नयाँ पिढिलाई अध्यान भ्रमण गराउन शैक्षिक संस्था र सरकारी निकाय लाग्नै पर्दछ ।’ पुनको वगान अनुगमन गरी सकेपछि सहायक बन अधिकृत पाण्डेले थपे–‘पुनले गरेको यो प्रगतीलाई सामन्य मान्न मिल्दैन यो देशभरै चर्चा पाउनु पर्ने अर्गानिक वहु व्यवसाय हो ।, उनले १६ वटा भैसी पालेर महिनै पिच्छे टिनका–टिन घिउ मात्र बेचेका छैनन् व्यवसायीक रुपमा बाख्रा , कुखुरा देखि कुकुर सम्म पालेरे लाहुरे छँदा बाँझीएको जमिनमा पैसा फलाएका छन् । १ सय ५० वटा बाख्रा , दर्जनौ लोकल कुखरा, डरलाग्दा कुकुरहरु पालेर उनले गाँउवासीलाई खेती किशानमै लाग्न प्रोत्साहित गरेका छन् ।
पुर्खौ देखि लाहुरेहरुको गाउँ भनेर चिनिने भार्सेमा ९० प्रतिशत लाहुरेहरु रहेको र अहिले ति लााहुरेहरु मध्ये झण्डै २५ प्रतिशतको सख्यामा वसाई सराई गरेर जग्गा बाँझीएको, घर थोत्रिएको त्यस गाविसका अगुवाहरुले चिन्ता गरी रहेको वेला अर्का लाहुरे पुनलाई भने अहिले खेती गर्ने जमिन पुगेको छैन् । उनले पिता पुर्खाले खेती गर्न नसकेर बाँझिएर जंगल बनेको जमिनले समेत नपुगेर १५ रोपनी अरुको जग्गा किनेर हराभरा पारेका छन् ।
साधरण कृषकहरुको लवाई खुवाईमा हिड्ने धनबहदुर पुनले लाहुरेहरु शहर वजारमा रमाउने, जाँड रक्सीमा पैसा सक्ने कुरालाई घृणा गर्छन् । उनी पाहडिया भोजन आटो ढिडो सागपात दुध दही खान्छन् र अरुलाई पनि आफ्नो गाउँमा जे उत्पादन हुन्छ त्यही खानु पर्ने सुझाव दिन्छन् । पल्टनमै कक्षा १२ पास गरेका उनि भन्छन –‘हामी परनिर्भर भएरै हेपिएका र आर्थिक रुपले पछाडी पनि परेका हौं । अर्को कुरा माईग्रेशनको समस्याले हाम्रा उन्नत खेतवारी बाँझीएका छन् । त्यसलाई रोक्नका लागि मैले गाउँमा यस्तो व्यवसाय सुरु गरेको हुँ ।’
उनले आफुलाई अगरउड खेती कृषकका रुपमा मात्रै जोड्न चाहन्न् । जडीवुटी देखि सवै खाले उत्दपादन एउटै वगानमा गर्ने गरी ७५ लाख रुपैयाँ लगानी गरी सकेका पुनले वहुव्यसायीक उद्योगका रुपमा आफुलाई अग्रसर गराएको बताउछ्रन् । उनको गुनासो छ स्थानिय सरोकारवाला र सञ्चार माध्यमले खासै चासो नदिएकोमा । उनले भने–‘ पुर्व देखि पश्चिम कञ्चनपुर सम्मका सरोकारवाला र सञ्चार माध्यमहरु आई रहनु हुन्छ तर स्थानियहहरुका सामु बत्ति मुनीको अँध्यारो भने झै भएको छ यो वगान । ’
मासिक आम्दनी कति हुन्छ त ? भन्ने प्रश्नमा पुनले भने ‘भुकम्प आए देखि अस्तव्यस्त छ । घर भत्कीयो , वगानका संरचनाहरु प्नि भुकम्पले क्षति पुराई दियो अहिले पुनरनिर्माणमा छु । ’ उनले थपे ‘हिसाव किताव खासै राखेको छैन तर अहिले सम्म जति लगानी गरे त्यो उत्पादनबाटै प्राप्त जेथा मान्नु पर्छ ।’ उनको वगानमा नियमित ४ जनाले रोजगारी पाएका छन् । मौसमी कामदाहरु दैनिक दर्जनौ रहेका हुन्छन् । दुई छोरा र एक छोरीलाई उच्च शिक्षा दिए । आफु बुढा बुढी विहान देखि साँझ सम्म वगान रेखदेख मै व्यस्त हुने गर्दछन् । विहान उठे देखि साँझ सम्म रक्सी र तासमा हराउने कतिपय उनि जस्तै पेन्सनवालाहरु अहिले पछुताउँदै आफ्ने कुलत छुटाउने तर्फ उन्मुख छन् ।
अगरउडमा कसरी लागे त उनि ?
‘खेर जाँदै गरेको गाउँको जमिनलाई नयाँ नयाँ प्रकारको खेती गरेर गाउँमै बस्ने गरी भारतिय सेनाबाट १७ वर्षको जागिरे अवधी सकेर सन १९९६ को डिसेम्वरमा पेन्सन निस्केको थिएँ ’–पुनले भने –‘सोही वखत भाई रतनले अगरउड बृक्षको महत्व र त्यसको अन्तराष्ट्रिय वजारका वारेमा जानकारी दिदै ति विरुवाहरु उनको भियतनामी साथी मार्फत उपलव्ध गराई दिएर यस खेतीलाई व्यसायीकरण गरेको हुँ । ’
त्यस खेतीबाट मुख्य आम्दनी लिन भ्याई नसके पनि त्यसको विरुवा अन्य वनस्पती , जडीवुटी, तरकारी , बाख्रा भैसीबाट वर्षेनी लाखौ कमाउने गरेको कुरा उनको फस्टाउँदो वगानले प्रष्ट पार्दछ । उनका अनुसार हाल थाईल्याण्डमा रहेका उनका भाई रतन पुन वषौं देखि चिन अमेरिका युरोप लगायतका मुलुकहरुमा प्रफ्युम व्यापारमा संलग्न छन् । अगरउड खेती नेपालमा वृहत बनाउन र यसको अन्तराष्ट्रिय वजार खोज्नका लागि नेपाल सरकारले उनि संग परामर्श गरे सजिलो पर्ने दाजु पुनको सुझाव छ ।
किन वहुमुल्य छ त अगरउड ?
विश्वमै लोप हुँदै गएको अगरउडका वारेमा जिल्ला वन अधिकृत घिमिरेले ईन्टरनेटमा राखिएको अगरउडको वैज्ञानिक तथ्यलाई उदृत गर्दै भन्छन यो संसारमै सवै भन्दा महँङ्गो वनस्पति हो । ‘विरुवा हुर्केको १५ वर्ष पछि त्यसको रुखमा एक प्रकारको ढुँसी पलाउछ । त्यसको ढुसी सुघन्तित हुन्छ त्यसबाट उच्च सुघन्धीत अगरवत्ति बन्छ ’–उनले भने– त्यसको काठबाट उच्च व्राण्डका प्रफ्युमहरु बन्छन् । त्यसका अलवा विकासित मुलकका उच्च घरानमा धार्मिक तथा सांस्कृतिक रुपले पनि अगरउठले ठुलो महत्व राख्छ ।’
उनका अनुसार अन्तराष्ट्रिय बजारमा अगरउड एक किलो काठको मात्रै ३ लाख रुपैयाँमा विक्रि हुने गर्दछ । त्यस काठबाट पेलिएको तेलको मुल्य प्रति किलो २० लाख रुपैयाँ पर्दछ । वहुमुल्य भएको तर लोप हुँदै गएकोले अगरउड खेतीको उद्गम थलो मानिने भियतानमले त्यसलाई अन्तराष्ट्रिय बजारमा विक्रि वितरण गर्न प्रतिवन्ध लगाई सकेको छ ।
अगरउड खेती मलेशिया, भारत, बंगलादेश, लाओस , वहराईन् जस्ता दक्षिण एशियाली मुलुकका नागरिकहरुले व्यवसायीक रुपमा गर्ने र यसको वजार अत्तर उत्पादनका लागि प्रशिद्ध मुलुक फ्रान्स, साउदी अरव, दुवई र युरोप अमेरिका लगायतका मुलुकहरु रहेको वन अधिकृत घिमेरेले बताए ।
पुनले यो खेती त गरे तर बैधानिक छैन्
वन अधिकृत घिमिरे भन्छन् –वहुमुल्य अगरउड खेती, जसबारे नेपालीहरु विरलैलाई थाह थियो त्यस्तो खेती गरेका पुनले नेपालको कानुनले दिन्छन कि दिन्न भन्ने कुरा थाह नपाई विन्दास ढंगले काम गरेको बताए । पुनले ‘दुर्गा लेकाली अगरउड कम्पनी ’ नामक उद्योग दर्ता गरे पनि उनले प्रयोग गरेको वन निजी वनका रुपमा जिल्ला वन कार्यालयमा दर्ता गर्नु पर्छ भन्ने कुरा थाहा नपाएकोले त्यसवारे आफुले उनलाई बुझाएको घिमिरेले बताए ।
नेपालको वन ऐनमा अगरउड वनस्पति उल्लेख नभएको र अन्तराष्ट्रिय व्यापार आदन प्रदानका सवन्धमा पनि कुनै ऐन कानुन नवनेका कारण त्यसबारे सरकारी निकाय लाग्नु पर्नेमा घिमिरेले जोड दिए । ‘जव भार्सेका पुनले व्यवसायीक अगरउड खेती गरेको चर्चा भयो त्यस पछि हामीले जिल्ला वन क्षेत्र समन्व्य समितिको बैठक राखेर राष्ट्रिय स्तरमा यसवारे पहल गर्न सिफारिस गरी पठाएका छौ ’–घिमिरेले भने–‘ सम्वन्धीत कृषक पुनलाई भने त्यसबारे केहि मतलव नै नभए पछि उनलाई बुझाएका हौं ।’
उनले अन्तराष्ट्रिय वन्यजन्तु र वनस्पति ओसार पसार सन्धीमा नेपालमा सुरु गरिएको यस खेतीलाई उल्लेख गरिनु पर्ने कुरामा जोड दिए । यो खेती अहिले नवलपरासी लगायतका जिल्लाहरुमा पनि गर्न थालिएको पाईएकोले यसवारे सरकारी निकायवाट खोज अनुसन्धान र संरक्षण हुनु पर्ने कुरामा समेत उनले जोड दिए ।
भार्सेका पुनले गरेको यो वहुव्यवसाय गुल्मी जिल्लावासीमा मात्र नमुना नभई देशमै नमुना व्यवसाय हुन सक्छ भन्दै वन अधिकृत घिमिरेले यस्ता कृषकहरुलाई प्रोत्साहित गर्दै यो खेतीको विस्तार र वजार पर्वद्धनको व्यवस्थाको पहल गर्न राज्यको माथील्लो निकायको ध्यान जानु पर्ने धारणा राखे ।
पहिलो र दोश्रो गुल्मी महोत्सव गरेर यहाँका यस्ता उत्पादनलाई राज्यले प्रोत्साहित गर्नु पर्छ भन्दैे प्रचार प्रसारमा जुटेको गुल्मी उद्योग वाणिज्य संघले यति वहुमुल्य अगरउड खेती जसको तेल प्रति लिटर २० लाख पर्छ यस प्रति मौन रहन नहुने र यसको सवै खाले पर्वद्धनमा जुट्नु पर्नेमा विगत देखि नै जोड दिदै आए पनि राज्य मौन नै रहेको छ |
माथीका तस्वीरहरुमा : भार्सेका उनै पुनको वगान अनुगमन गर्दै जिल्ला वन अधिकृत घिमिेर, व्यवसायी पुन र अगरउड वोट लगायत रहेका छन् | तस्बिर प्रेम सुनार