ज्ञवा संचार, ९ असार । लुम्बिनी ग्रामिण बिकास परिषदको आयोजना तथा जिल्ला बिकास समिति रुपन्देहीको सहयोगमा महिला प्रजनन स्वास्थ्य समन्धि २ दिने जनचेतना मुलक तालिम मानपकडीमा सुरु भएको छ ।
मानपकडी गाबिसका सचिब लक्ष्मण ज्ञवालीले एक कार्यक्रममा बिच उक्त तालिमको उदघाटन गरेका छन । उदघाटन तालिममा बोल्दै सचिब ज्ञवालीले एक महिला स्वस्थहुँदा परिवारनै स्वस्थ्य हुने भएकोले यस्ता जनचेतनामुलक तालिम दिनु आबश्यक रहेको बताए । ज्ञवालीले महिलाहरुले यस्ता तालिमबाट सिकेको ज्ञान आफनो छरछिमेक वडामा समेत फैलाउनु पर्ने बताए ।
संस्थाका अध्यक्ष चन्द्रकान्त खनालको अध्यक्षतामा भएको कार्यक्रममा हरि घिमिरे , रामप्रसाद पौडेल ,नरेश थान्जु रुद्रहरी कुवर लगायतले बोल्दै स्वास्थ्य प्रति सचेत हुन समेत सबैलाई आग्रह गरेका थिए । उनीहरुले तालिमबाट सिकेका कुरा ब्यावाहारमा लागु गर्ने समेत आग्रह गरेका थिए । मानपकडि गाबिसका २५ जना महिलाहरु उक्त कार्यक्रममा सहभागि रहेका छन । तालिम ९ र १० गते चल्ने छ ।