ज्ञवा संचार, बुटवल असार २० । बुवाले समाचार सुन्न ल्याएको रेडियो दुई टुक्रा बनाएर फुटाले । बजारबाट ल्याएको स्टापलाईजर पनि टुक्रा टुक्रा पारे । बच्चाका खेलौना त झनै कति टुक्रा पारे पारे । घरमा बुवाले सामानहरु टुक्रा पारेको देखेर कपिलले कति पटक गाली खाए धन्न चट्कन भने भेटेनन् ।
हो आज त्यीनै कपिल ईन्जिनियर बन्ने ध्यानमा छन् । गुल्मी जिल्लाको बम्घा गाविस वडा नं. ५ स्थायी घर भएका कपिल ज्ञवाली अहिले बुटवल १३ देविनगरमा बस्दै आएका छन् ।
बुवा ईन्द्रमणी ज्ञवाली र आमा गंगा ज्ञवालीको कोखबाट ०५७ सालमा जन्मिएका कपिल सानै देखि विज्ञान प्रविधि सँग नजिक रहेर अध्ययान गर्ने गर्दथे । बुटवलको तिनाउ ईङलिस बोडिङ स्कुलमा कक्षा ९ मा पढ्ने कपिलले अहिले विभिन्न उपकरण निर्माण गरी सफल परिक्षण समेत गरिसकेका छन् ।
कक्षा ७ मा पढ्दै गर्दा उनले हेरेको हिन्दी चलचित्र थ्रिईडिएट बाट प्रभावित बनेका कपिलले सुरुमा नमुनाको रुपमा लावरको डब्बा प्रयोग गरी हेलिकप्टरको नमुना बनाए । हेलिकप्टरको नमुना बनाएपछि उत्साहित उनले एक पछि अर्को गरी नयाँ –नयाँ यन्त्र जडान गरी अन्य सामाग्रीहरु त्यार पारे ।
रोजगारीको शिलशिलामा भारतमा रहेका बुवा सँग उनले कुनै सामाग्री फोन बाट ल्याउन भने त कतिपय उनी भारत पुगेरै मेट्रियल ल्याए । बुवाको पुर्ण सहयोग पाएका कपिलले विज्ञानका धेरै सामानहरु बनाएर आफुले अध्ययान गर्ने विद्यालयमा प्रदर्शन समेत गरे र पुरस्कार पनि हात पारे । उनी भन्छन्–“पाउडरको डिब्बाबाट हवाईजहाजको नमुना गराएपछि म उत्साहित भए ।” उनले थपे–“पछि स्कुलकै आयोजनामा भएको विज्ञान प्रदर्शनीमा बुफर बनाएर दोस्रो हुँदा थप उत्साहित भएर प्रेरणा मिल्यो ।”
तर, कपिलले भने विद्यालय बाट जति पाउनुपर्ने सहयोग हो त्यो भने नपाएको दुखी छन् । “विद्यालयले मेरो प्रतिभालाई त्यति चासो दिएन, तर मेरो मेहनत र लगानी भने धेरै भएको छ ।” उनले भने
कक्षा ७ पढुदै गर्दा विभिन्न यन्त्रउपकरण बनाएका कपिलले कक्षा ८ मा पढ्दा भने क्वाट कप्टर बनाएर सवैलाई चकित पारे ।
कवाडमा फालिएका विभिन्न सामाग्रीहरु ल्याएर उनले क्वाट कप्टर बनाएर विद्यालयमा पनि उडाए । २५ हजार भन्दा बढि खर्च गरी निर्माण गरेको क्वाट कप्टर ५ सय मिटर उचाई सम्म जान सक्छ भने ७ मिनेट सम्म आकाशमा उड्न सक्छ ।
ईन्टरनेटबाट कसरी बनाउन सकिन्छ भन्ने हेरेर आफुले विभिन्न उपकरणहरु निर्माण गरेको कपिल बताउँछन् । “क्याट कप्टर बनाउँदा पुरै ६ दिन २४ सै घण्टा समय लगाएर बनाए, नसुती नसुती बनाएको फल अहिले भने हात प¥यो” उनले भने । उनले १४ बर्षको उमेरमा क्याट कप्टर बनाएका हुन । यस क्याट कप्टरमा क्यामरा जडान गरी ड्रोन क्यामरा जसरी माथीबाट दृश्य खिच्न सकिन्छ ।
“सुरु सुरुमा कयाट कप्टर तल तल मात्र उड्थ्यो तर पछि ईन्टरनेटमा हेरी माथी उडान बनाउन सिके” उनले भने । उनले पानी तान्ने पम्प, रोलर, सुटिङ लिग, बुफर, डिल मेसिन बनाइसकेका छन् ।
कक्षा ९ मा पढ्ने कपिलले सवैको सहयोग र साथ मिलेमा कक्षा १० पछि उड्ने बाईक (हवड बाईक) बनाउने योजना बताए भनेर खबरवाणी अनलाईनमा विकास पराजुलीले खबर लेखेका छन् ।