घ्यूवेशी केन्द्र रुरु गाउँपालिकाको लायक र पायक कसरी ?

 ज्ञवासञ्चार नेटवर्क ः
#शहरिकरणको सम्भाव्यता बोकेको घ्युवेशी फाँट, समथर भूभाग, ठुला अत्याधुनिक कलकारखाना, उधोग स्थापना गर्न सहज ठाऊँ
#स्कुल, कलेज, बजार लगायतको पूर्वाधार भएको क्षेत्र, चक्रपथको रुपमा स्थानिय कच्चीसडक बिस्तार गरिएको ।
#गाउँपालिकाको रुपमा सवैलाई पायक पर्ने केन्द्रविन्दु स्थल ।
#धार्मिक, ऐतिहासिक रुपमा प्रख्यात ठाऊँहरुको संगमस्थल ।
#बलेटक्सार, रिडिजस्ता अस्तब्यस्त शहरलाई केन्द्र मान्न मापदण्डबिपरितका अस्तब्यस्त सडक, मापदण्डविनाका घर/भवनहरु आदिले संभव नहुने ।
#रुरुको नामबाट गाउँपालिकाको नाम नामाकरण गरी घिउँवेशीलाई स्थापित गर्न केन्द्र प्रस्ताव गरिएको ।
विविध कारणले घ्यूवेशीलाई केन्द्र प्रस्ताव गरिएको ज्ञवाबासीको प्रतिक्रिया रहेको छ । रुरुले आफूलाई केन्द्र मान्नुपर्ने भन्दै तम्घास डेलिगेसन गएको खबरले ज्ञवावासी आक्रोसित मात्र भएका छैनन् रुरुले निहु खोजे रुरुसंग अलग रहेर नयाँ संरचनाको लागी आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । रुरुबासीलाई समझदारीमा आउन र घ्युवेशी केन्द्र मान्न तयार रहन ज्ञवावासीले अनुरोध पनि गरेका छन् । सामाजिक संजालमा दुवैपक्षबाट आक्रोस पोख्नेहरुको लर्को लागेको छ ।