गुल्मीमा १९ बर्षे युवती बनिन कुमारीआमा: गुपचुप भेटको परिणाम

तस्बिर : उनै कुमारी आमा, मुख छोपेको अवस्थामा 
ज्ञवा संचार, मंसिर–२६ । आज बिहान गुल्मीमा रेसुङ्गा वहुमुखी क्याम्पसकी एक विद्यार्थीले जिल्ला अस्पताल गुल्मीमा छोरी जन्माएकी छिन् । अविवाहित अवस्थामै कुमारी आमा बनेकी उनको वावु को हो भन्ने कुरा उनि वाहेक अरु कसैलाई थाहा छैन् ।गुल्मीकै नयाँगाउँ घर बताउने १९ वर्षिया रमिता मल्ल नाम परिवर्तन आफु रेसुङ्गा वहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षकी  अध्यनरत छात्रा भएको बताउछिन | गुल्मीको पुर्कोटदह घर भएका कार्की थरका युवाले आफुलाई चैत्र महिनामा घर नजिकैको जंगलमा शारिरीक सम्वन्ध राखेको उनको भनाई छ ।

कार्की थरका बताईएका ति युवाले नयाँगाउँमा डोजर चालकको काम गर्ने शिलशिलामा उनिसंग लसपस भएको उनले बताईन् । उनले ति युवाको नाम थर, फेसबुक आइडी र तस्वीर उपलब्ध गराएपनि युवा सम्पर्कमा नआएकोले गोप्य एवं सुरक्षित राखिएको छ । सदरमुकाम तम्घासमा डेरा सारेको २६ दिनपछि महिला तथा वालवालिका कार्यालयकी कर्मचारी ईन्दिरा थापा पनि सोही घरमै डेरा बस्ने भएकोले उनलाई व्यथा लाग्ने बित्तिकै अस्पताल पुर्याइएको थियो | युवती डेरा गरी बस्ने घरका घरबेटीले पनि युवतीको पेटमा गर्व छ  भन्ने पुर्ब जानकारी नभएको बताए | 
आज विहान करिव ५ वजेको समयमा जन्मीएको सन्तान र सुत्केरीको हेरविचार स्याहर सुसारका लागि महिला नेत्री विष्णु कुमारी सापाकोटा, निर्मला केसी, निर्मला पोखरेल र महिला तथा वालवालिका कार्यालयकी कर्मचारी ईन्दिरा थापा विहानैदेखि अस्पतालमा क्रियाशिल छन् ।
पहिलो भेट ति युवासंग कसरी भयो त ? भन्ने प्रश्नमा सुरुमा फेशवुक, पहिलो भेटमै जंगलमा गुपचुप भेटेको ति युवतीले बताएकीछन । दोश्रो  पटक उनै कार्की थरका भनिएका युवासंग नयाँगाउँ स्थित घर नजिकैको जंगलमा शारिरीक सम्वन्ध स्थापित भएको र त्यसै दिनको गर्भ रहेको उनको ठहर छ ।
ति युवाले आफ्नो घर पुर्कोटदह बताएपनि युवाबारेमा अन्य जानकारी आफुसंग नभएको युवतीले बताएकीछन् । ९ महिनासम्म घरका वावुआमालाई समेत थाहा नहुने गरी गर्भ लुकाएकी उनले ति युवालाई भदौंमा थाहा दिएको र सोही दिनदेखि उक्त फोन अफ गरेर बसेपछि उनि घर न घाट हुनु परेको बताईएको छ । किन थाहा नदिई बसेको त ? प्रश्नमा उनले थाहा दिन मन नलागेर नदिएको भन्ने छोटो जवाफ गर्ने गरेकी छन |
महिला नेत्री विष्णुकुमारी सापकोटाले ति युवतीको पनि ठुलै कम्जोरी भएको बताईन् । चिन्दै नचिनेको मान्छेसंग अस्मीता सुम्पने र नौं नौ महिनासम्म गुपचुप बस्ने यस्ता प्रवृतिले स्वयं युवती मात्र नभएर अधिकारकर्मीहरुलाई समेत समस्या र चुनौती खडा भएको अधिकारकर्मी सापकोटाको प्रतिकृया दिएकी छन् |

अचम्मको कुरा कहिले घर कहिले तम्घास  र क्याम्पस गर्दापनि त्यत्रो पेट भएको वारे कसैले वास्ता गरेनन या थाहा पाएनन् । यहाँ सम्मकी २६ दिनसम्म डेरामा बस्दा घरवेटीले समेत थाहा नपाएको उनले बताईन् ।
जन्मीएकी सन्तान शकुशल छिन् । केहिवर्ष अघि यसरी नै शिशु जन्मेर न्वारन गर्ने वावु नभएपछि उनै सापकोटाले न्वारन गरेकी थिईन । अहिले पनि त्यस्तै भयो फेरी यिनको पनि गर्नु हुन्छ कि भन्ने प्रश्नमा सापकोटाले हाँस्दै भनिन् किन नगर्ने पत्तो नलागे ।
यसरि युवतीहरु कुमारी आमा बन्दै बच्चा जन्माउँदै गर्ने, महिला नेत्रीहरुले न्वारान गर्दै रहने हो र पुरुषहरु पनि पानी माथीको ओभानो बन्दै जाने प्रवृति कति दिन रहने हो भन्ने चिन्ता बढेको छ । सहयोगी प्रेम सुनारको सहयोगमा  गुल्मीबाट यो खबर र माथीको तस्बिर प्राप्त गरेका हौँ |