प्रचण्डलाई चेतावनी 'लुम्विनी टुक्रिए गुल्मीबाट रगत बग्न शुरु हुनेछ'

हिजो आफैले रोकेको ५ नम्वर प्रदेश टुक्राउने संशोधनको प्रस्ताव आज फेरी आफैले किन पेश गर्नु भयो ? चन्द्र भण्डारीको प्रश्न प्रचण्डलाइ |
प्रेम सुनार, गुल्मी, मंसिर–२७ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई हिजो आफैले रोकेको ५ नम्वर प्रदेश टुक्राउने संशोधनको प्रस्ताव आज फेरी आफैले किन पेश गर्नु भयो ? भनेर प्रश्न गरेका छन् ।
‘हिजो सुशिल कोईरालाजी र केपी ओलीजी मिलेर ५ नम्वर प्रदेशबाट पहाडी जिल्ला छुटाउने प्रस्ताव अगाडी सार्नु भएकै हो, त्यस वेला त्यसलाई रोक्ने वर्तमान प्रधानमन्त्री प्रचण्डजी नै हो, त्यसका लागि म उहाँलाई धन्यवाद् दिन चाहन्छु ’ गुल्मीको विशाल विरोध सभालाई आज सदरमुकमा सम्वोधन गदै भण्डारीले प्रश्न गरे, ‘अहिले त्यही प्रस्ताव तपाईले किन लैजानु भयो ? ‘
त्यति वेला सुशिल कोईराला र केपी ओलीजीले ५ नम्वर प्रदेशबाट पहाडी जिल्ला टुक्राउने प्रस्ताव लैजाँदा म आफु, एमालेकै नेता गोकर्ण विष्टजीलाई ज्वरो नै आएको स्मरण गर्दै अहिले त्यही प्रस्ताव हिजोको विरोधी प्रचण्डले लैजाँदा पहाडी जिल्ला विरोधमा जुरुक्कै उठ्नु परेको नेता भण्डारीले बताए ।
उक्त प्रस्ताव कुनै पनि हालतमा पास हुन नदिने ठोकुवा गर्दै उनले त्यस विरुद्ध गुल्मीबाट रगत बग्न सुरु हुने चेतावानी दिए । उनले आफ्ना नेता शेरबहादुर देउवालाई पनि कडा शव्दमा चेतावानी दिदै भने शेरबहादुर जी र भिम रावल जीका हात खुट्टा जति बलिया भए पनि हाम्रो आन्दोलनले कम्जोर पार्दै जाने छ ।
 त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी नेकपा एमालेका सचिव प्रदिपकुमार ज्ञवालीले मिठो भाषामा भने–‘प्रदेश र देश भन्दा ठुलो विदेशको आदेश हुन सक्दैन् । यसर्थ किमार्थ पनि संबिधान संशोधनको प्रस्ताव पास हुन दिईने छैन् । ’
उनले वर्तमान सरकार विदेशीको ईशारामा चलेको आरोप लगाउँदै संविधान सभाको प्रस्ताव अघि बढाउन चाहे सरकार विरुद्ध यति मात्र होईन यो भन्दा ठुलो धक्का दिने चेतावानी दिए । संविधान संशोधनको प्रस्ताव फिर्ता नलिए सम्म आन्दोलन थप तिव्र पार्दै लगिने बताउँदै नेता ज्ञवाली सरकार विरद्ध कडा रुपमा प्रस्तुत भएका थिए ।
त्यसो त सरकारकै नेतृत्व गरेको पार्टी नेकपा माओवादी केन्द्रका पोलीटव्युरो सदस्य चन्द्रबहादुर खड्का पनि सरकार विरुद्ध कडा रुपमा प्रस्तु भएका थिए । उनले ५ नम्वर प्रदेश टुक्राउने प्रस्ताव अघि बढाए दल भन्दा माथी उठेर आन्दोलनको आँधीवेहरी ल्याउने चेतावानी सरकारलाई दिएका थिए । उनले पनि यो प्रस्ताव भारतको दवाव आएको आरोप लगाउँदै तत्काल फिर्ता नर्ग सरकार संग माग गरेका थिए ।
विरोध सभामा नेकपा मालेका केन्द्रिय सदस्य गोपालमणी गौतम , राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सोमकुमार कार्की, सांसद कमला बिश्वकर्मा लगायतका केन्द्रिय नेता र स्थानिय आन्दोलनकारीका नेताहरुले पनि मन्तव्य राखेका थिए ।
संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न विरोध सभामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य भुपाल पोखरेलको स्वागत मन्तव्य र नेकपा एमालेका जिल्ला सचिव सोमनाथ सापकोटाको सञ्चालन रहेको थियो ।आफैले रोकेको प्रस्ताब फेरी अघि किन बढाउनु भयो, प्रचण्डलाइ प्रश्न संसद चन्द्र भण्डारीकोयो भिडियो हेरौं |