ज्ञवा संचार। लुम्विनी अंचललाइ आइटी भिलेजको रुपमा विकास गर्नुपर्छ भन्ने नारालाई सार्थक तुल्याउन बुटवलका सफ्टवेयर निर्माणकर्ता राजेश अर्याल लागिपरेका छन् | करिब एकदशक अघि बुटवलमा बसेर सफ्टवेयर निर्माणमा सक्रिय अर्यालले व्यवसायिक भन्दापनि सेवामुखी ढंगले सरल मूल्यमा सफ्टवयेर निर्माण गरी यसक्षेत्रको बजारमा ल्याए । लुम्विनीलाई आधुनिक सुचना प्रविधिको क्षेत्रमा परिचित बनाउन निरन्तर जुटेको छ बुटवल कालिकानगर स्थित अर्यालको सिस्टमेटिक सफ्टवेयर विकास केन्द्र |
अर्याल भन्छन् 'प्रबिधि क्षेत्रमा अनेकन चुनौती नहुने होइन | कुनै बेला सफ्टवेयरको परिभाषा मात्र दिदै हिंड्नुपर्ने समय थियो, अहिले आफै यससंग मानिस परिचित हुँदै गएको र सूचना प्रबिधि क्षेत्रमा लुम्बिनी अंचल एक कदम अघि बढिसकेको छ ।' उनले लुम्विनी अहिले सफ्टवयेरसंग परिचित भईसकेको र आफूहरुले यसक्षेत्रका गरेको अथक मिहिनेतको प्रतिफल भएको पनि दावी गरे । 'व्यवसायीको माग र सरल सफ्टवेयर उत्पादन यस क्षेत्रको माग हो, सहज रुपमा संचालन गर्न सकिने सफ्टवेयर सरल मुल्यमा उपलब्ध गराउदै आएका छौँ, यसले व्यवसायिक लाभ संगै हामीलाई स्वदेशमै बसेर रोजगारीको अवसर मिलेको छ,' अर्याल बताउछन् |
अर्यालको पुर्ख्यौली घर गुल्मी चारपाला हो भने हाल बुटवल शंकरनगरको स्थानीय बासिन्दा हुन् | भारतको नयाँ दिल्लीमा आफ्नो औपचारिक शिक्षा एवं professional programming कोर्स पुरा गरि एकदशक अघि आफ्नै देशमा केहि गर्ने आशा बोकेर बुटवल झरेका अर्यालले बुटवललाई आफ्नो अनुभबलाइ बिर्सर्जन गर्ने थलो अपनाए | सूचना प्रबिधि क्षेत्रलाइ संघर्ष गरेर भएपनि अघि बढाउने दृढ अठोट लिएका अर्याललाई नेपालमा आइटी क्षेत्रको उत्ति भबिस्य नदेखेका र न्युदिल्लीमा आइटी क्षेत्रकै जागिरे रहेका पिता परशुराम अर्यालको दिल्ली फर्कन गरेको अनुरोध स्विकार्य भएन | अर्यालले १-२ बर्ष बुटवललाइ चिन्ने र आफ्नो अनुभब बिसर्जन गर्ने थलो खोज्दै बिताए |
अर्याल सम्झिन्छन् उनी बुटवल छिर्दा कम्प्युटर सम्बन्धि सामान्य शिक्षा दिलाउने १-२ वटा इन्स्टिच्युट मात्र थिए | केहि समय कम्प्युटर कोर्ष अध्यापनको कार्य गरेपनि त्यसमा त्यति जागर चलेन आफै केहि गर्छु भन्ने दृढ अठोटसंगै एकदशक अघि लुम्बिनी अंचलमै पहिलो सफ्टवेयर विकास केन्द्र व्यवसायिक रुपमा सुरु गरे |
शुरुमा निकै संघर्ष गर्नु पर्यो आफ्नो पेशा भन्दा पनि सफ्टवेयरको परिभाषा दिदै बिभिन्न संस्थामा दौडधुप गर्ने मात्र काम भयो | घर परिवार र इस्टमित्रले अर्यालको यो क्षेत्रमा भबिस्य देखेका थिएनन् | उनलाई पूर्ण आशा थियो एक दिन आफु सफल बनेर छोड्छु भन्ने | एकदशक लामो संघर्षमा यस क्षेत्रका धेरै संघसंस्थामा सेवा दिई मन जित्न सफल र आफ्नो काममा सन्तुष्ट छन् अहिले उनी । अहिले अर्यालका मातापिता पनि नेपाल फर्केर छोराको ब्यवसाय संचालनमा साथ दिईरहेका छन् |
सफ्टवेयर उत्पादनसंगै व्यवसायीको माग अनुसार सफ्टवेयर उपलब्ध गराउनु अर्को चुनौती हो, माग बमोजिमको सफ्टवेयरले सबैलाइ सन्तुस्ट पार्नसक्नु उनले आफ्नो सफलता सम्झिन्छन् | बजारमा राजधानी र देश बाहिरबाट दिनानुदिन भित्रि रहने अनेकन प्रकारका सफ्टवेयरको व्यापार बढिरहदा उनले एक्लै बिभिन्न खालका सफ्टवेयर निर्माण गरि ठुलो परिणाममा सफ्टवेयर सेवा बिस्तार गर्दै आएका छन् |
'हिजो एक्लै दौड धुप गर्नु पर्थ्यो, अहिले भ्याएसम्म आफै र बाँकी कर्मचारी मार्फत गराउंछु |' अर्याल बताउँछन् 'कुनै काम कार्यालयमा बसेर हुन्छ भने कुनै काम फिल्डमा पुगेर, फोन या अनलाइन मार्फत'| कमाइ पनि त राम्रो हुन्छ होलानी भन्ने प्रश्नमा उनी भन्छन् 'सरल मूल्यमा सफ्टवयेर उपलव्ध गराउँदै आएकोले पनि सेवामुखी व्यवसायको कमाई कति हुन्छर ? यो विदेश होइन स्वदेश हो, संघर्षले बाचेको छु, थोरै पैसा बचतमा चित्त बुझाउछु, खुशीसाथ जिवन गुजारा चलाएको छु' |
हाल यस सफ्टवेयर विकास केन्द्रले स्थानीय उत्पादन मार्फत यस क्षेत्रको बजारमा एकलौटी रुपमा सेवा प्रदान गरिरहेको छ | बिभिन्न सहकारी, कोओप्रेटिभ संघ संस्था, स्कुल, कलेज, अस्पताल,
होलसेल-रिटेलर पसल, उद्योग, कलकारखानाको लागी सफ्टवेयर उत्पादन गर्दै आएको
यस संस्थाले हालसम्म ४ दर्जन बढी प्रकृतिका सफ्टवेयर उत्पादन गरिसकेको छ | लुम्बिनी अंचल भित्र मुख्य कार्य क्षेत्र रहेको यस संस्थाले मुलुकका बिभिन्न ठाउँदेखि राजधानीसम्म पनि सेवा प्रदान गरिरहेको छ | यस क्षेत्रको सूचना प्रबिधि क्षेत्रको बिस्तारमा अत्यन्तै टेवा पनि पुर्याएको छ |