मोहन ज्ञवाली(गुल्मी) । बिगतका बर्षहरुको तुलनामा भन्दा यो बर्षहरुमा प्राइभेट क्षेत्र बाट राष्ट्रिय स्तरका क्रीकेट प्रतियोगिता धेरै सन्चालन भएका छन |
कुनै पनि प्रतियोगिता नहुने नेपाली क्रिकेटमा इपिएल, डिपिएल ,रुस्लान कप जस्ता प्रतियोगिताले क्रिकेटको क्रेज जिबित राख्न मदत पुगेको छ । ठुलो लगानी ,प्रायोजक र डिपिएलमा पहिलो पटक खेलाडीको खरिद बिक्रि जस्ता कार्यहरुले क्रिकेटमा थप नयाँ आकर्षण बढेको छ। खेलाडीले आफ्नो क्षमताका आधारमा आफुलाई खरिदको लागि आव्हान गर्न मिल्ने बाताबरण सिर्जना भएको छ| यस्ता गतिविधिले दिन प्रति दिन नेपाली क्रिकेटको क्रेज बढी रहने निस्चित छ। यस्तो अबस्थामा प्राइभेट सेक्टरसङ सहयोग र सहकार्य गर्नु अझ जरुरी छ। एकबर्ष भरीमा संचालन हुने केही घरेलु लिग,केही U -19,केही ICC ,केहि ACC अन्तरगतका प्रतियोगितामा वृद्धि भएको खण्डमा नेपाली क्रिकेट अबका केहि वर्षभरि नै क्रीकेट खेलमै ब्यस्त रहने संकेत देखिएको छ । त्येसैले अबको खाँचो भनेको अन्तराष्ट्रिय एक्सपोजर र कुसल क्रिकेट ब्यबस्थापनको देखिन्छ| ICC डिभिजन लिग र विश्व कप छनोट खेल्नको लागि खेलाडीलाई प्रयाप्त अभ्यास र प्रशिक्षण पुगेता पनि अन्तराष्ट्रिय एक्सपोजर र देश वाहिरका पिचमा नयाँ अनुभवका कारण केही महत्त्वपुर्ण खेलहरु गुमाउनु परेको छ। केहि वर्ष अघि डिभिजन टु मा युगान्डासंग दुई रनले हार्दाअन्तिम चार मा पुग्न नसक्दा नेपालले आइसिसि अन्तरदेशीय खेलबाट बन्चित हुनु परेको थियो |वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा पपुवान्युगिनी संग पनि थोरै मार्जिनले हार्दा महत्त्वपूर्ण दुई अङ्क गुमेको थियो।आगामी दिनहरुमा एस्ता ठुला महत्वपूर्ण खेल हरु गुमाउन नपरोस ।केही अन्तरास्ट्रिय खेलहरुको विश्लेषण गर्दा कहिले थोरै रन ले मात्रै हार्ने,लामो बाउन्ड्रीहरु हान्न नसक्ने,धेरै खेलाडी रन आउट हुने,सबै खेलाडीहरु आफ्नो फममा नहुने ,खेलाडीको मनोबिज्ञानमा एकै खालको नहुने जस्ता समस्या देखिने गर्चन।यी सबै एक्सपोजरको अभावमा देखिएका समस्या हुन्। बिदेशी नेपाली क्रिकेट कोच नभएको अहिलेको एस्तो अबस्थामा टेस्ट मान्यता प्राप्त देशमा राम्रो योगदान गरेका खेलाडीलाई नेपाली क्रिकेटको कोचमा राख्ने हो भने आफ्नो अनुभव प्रयोग ,रणनीति योजनाहरु नेपालमा प्रयोग हुने देखिन्छ ।
अहिलेको समयमा ब्याटिङ मात्र नभएर बलिङ र फिल्डिङ कोच पनि नियुक्ति गर्नु जरुरी छ। यी सबै पाएको खण्डमा नेपाली क्रिकेटरहरु बिदेशी क्लबहरुमा पनि आवद्ध हुने संकेत देखिन्छ। हामीसंगै क्रिकेट खेल्ने रास्ट्र आयरल्यान्ड, क्यानडा, अफगानिस्तानका खेलाडीहरु विभिन्न देसका ठुला ठुला क्रिकेट लिगमा खेलेको देखिन्छ। हामी पनि प्रयास गर्ने हो भने त्यो दुरि टाढा छैन। हाम्रा सबै खेलाडीमा खेल्ने क्षमता छ अब मात्र खाँचो हो, यसको बाबजुद अनि विभिन्न समयमा क्रिकेट ब्यबस्थापनमा समस्या आउने गरेको छ| खेलाडी छनोटमा पनि समस्या देखिने गरेको छ | सधै आफ्नो मिहिनेतले उत्कृष्ट प्रर्दशन गरेपनी क्रीकेट ब्यबस्थापनको जिम्मा लिएका क्रीकेट ब्यबस्थापकले क्रीकेट टिमको ब्यबस्थापन नगर्दा क्रीकेट ब्यबस्थापनमा समस्या हरु देखिने गरेको छ। सन २०१४ मा बङलादेश भएको ट्वान्टी ट्वान्टी विश्वकपमा नेपाली क्रीकेट टिमको उत्कृष्ट प्रर्दसन रहेता पनि क्रीकेट ब्यबस्थापनमा धेरै समस्या आएको थियो त्यसैले अबको नेपाली क्रीकेटको आबस्यकता भनेको अन्तराष्ट्रिय एक्सपोजर र कुसल क्रिकेट ब्यबस्थापनको हो भन्नेमा द्विबिधा छैन |