प्लस टु पढ्दाको यो कस्तो प्रेम ???

अस्विन अर्याल - भाग १ ( +२ पढ्दा को प्रेम ) २०७० साल, बैसाखको महिना, बुटवलमा गर्मीले तहल्का मच्याएको थियो । गुल्मीबाट भर्खर एसएलसी सकेर बुटवल झरेको म त्यो बेलाको धुलो र गर्मी, मलाइ त्यत्ति डाइजेस्ट भएको थिएन.. फुर्सदिलो समय थियो, दुइचार दिनको घुमघाम र भेटघाटपछि खालि समयको सदुपयोग गर्नका निमित्त दाजुहरुकै आज्ञा अनुसार मिलनचोकको एक इन्स्टिट्युटमा बिज्ञान बिषयको ब्रिज्कोर्ष गर्न भर्ना भएँ म,, सहरिया बातावरण र साथीहरुसंग त्यत्ति घुलमिल नभएको म संगैका साथीहरु त्रीबिक्रम र सागरलाइ त्यहि कक्षामा भेट्दा अल्लि सहज भयो ..
उमेरले उत्ति १६ बर्ष पुगेको म,  सायद त्यहि उमेरको दोषले होला कक्षामा केटाहरु भन्दा केटी हरुप्रति नै धेरै नजर जान्थ्यो ,,, यो देखेर केटाहरुले बेलाबेलामा त मलाइ खुप व्यंग्य पनि हान्थे,, नजर लगाउने क्रममा एकदिन त एउटीसंग धेरै बेर नै आखा जुधिहाल्यो ,,,,त्यसपछि भने म उसलाई नै हेर्न लागें,,बेलाबेलामा उसलेपनि केहि रेस्पोन्स त दिन्थी .,,,पछि-पछि भने हामी हल्का औपचारिक कुरा गर्न भ्याएका थियौ .. , यो समय सम्म मैले उसलाई आफ्नो मनमा सजाउन भ्याइसकेको थिए तर भन्न भने सकेको थिएन ..जेष्ठको अन्तिमतिर आइपुग्दा एसएलसीको नतिजा पनि आयो र त्यस इन्स्टिट्युटले पनि हामीहरुलाई बिदा दियो ,,त्यसपछि त उ पनि सम्पर्क बिहिन नै हुन् पुगी 
ठिक एक महिना पछि बुटवलकै कालिका उच्च मा बि मा म ११ कक्षा मा भर्ना भएँ ,,,कक्षा सुरु भएको दोस्रो दिन लाइब्रेरी नजिक उनीसंग मेरो आखा जुध्यो ..मेरो खुसीको कुनै सिमाना रहेन ... बिज्ञान बिषय अल्लि गाह्रो लागेर उनि ब्यबस्थापन संकाएमा त्यहि कलेज मा भर्ना भएकी रहेछिन उनि .. उनीसंगै पढ्न बिज्ञान छोडेर ब्यबस्थापनमा जान मलाइ पनि मन त लागेको थियो तर भर्ना भैसकेको हुनाले मैले कुनै बाहना बनाउन सकिन ...त्यसपछि हाम्रो दैनिक भेट भने हुन्थ्यो र क्यान्टिन पनि संगै जान्थेउ,,, उनले मलाइ कुन रुपले हेरेकिछन थाहा छैन तर ,म भने उनको न्यानो मायाजालमा परिसकेको थिएँ ,,,
अल्लि जिस्कने र हस्कने स्वोभावको म एकदिन कलेजकै ग्राउण्डमा सहपाठी रमा,रजनी ,ललिता र दिपा संग जिस्कदै कुरा गरिरहेको थिएँ ,,,यो सब क्रियाकलाप त उनले विद्यालयको दोस्रो तल्ला बाट हेरिरहेकी रहेछिन र उनीसंग नजर जुध्ने बित्तिकै मलाइ आखा सन्काइन ,,,यसको मतलब उनि पनि मलाइ माया गर्छिन भन्ने अनुमान् गर्न सकिन्थ्यो ...त्यससमय सम्म आइपुदा हाम्रो दैनिक फेसबुक र फोन मा कुराकानी हुन्थ्यो .....कहिलेकाही त हामी आधा घण्टा सम्म पनि फोनमा गफ़िन्थ्यौ,,,,यो क्रम ३ महिना सम्म चलिरह्यो,,, त्यसपछि त अत्ति नै भयो र .मैले आफ्नो मनको कुरा उनलाई भन्नु पर्छ भनेर बनबाटिकामा भेट्न बोल्याए .....त्यसदिन उनलाई प्रपोज गर्ने योजना बनाइसकेको थिएँ , हामी बनबाटिकामा छिर्यौ र गफिदै थियौ ..अचानक मेरो नजर प्रदिप दाजु (सानोबुबाको छोरा ) संग पर्यो ,, दाजुकै अगाडी केटीसंग कसरी हिड्न सक्थें र म त्यसैले त्यत्तिकैमा हामी छुट्टॆन बाध्य भयौ र ५ महिना देखिको उनलाई प्रपोज गर्ने सपना सपना मै सिमित रह्यो .... घरि-घरि त उनले पनि प्रपोज गए हुन्थ्यो जस्तो लाग्थ्यो तर फेसबुक र फोन मा घन्टौ कुरा हुदा पनि उनले केहि प्रपोज गर्ने संकेत नै देखाउदिनथिन ,,गल्ति मेरो पनि थियो,, सम्पुर्ण बेदना साटीसकेको म माया साट्न नसक्नुमा .,,,,
फाल्गुन २ गते अर्थात भ्यालेन्टाइन डे, त्यसदिन उनलेनै फोन गरेर स्र्प्राइज दिनुछ भन्दै मलाइ फुलबारीमा भेट्न बोलाइन ...मेरो हर्षको कुनै सिमाना बाकि रहेन , म ढुक्क भए कि उनले मलाइ प्रपोज गर्न त्यहि दिन कुरेकी रहेछिन भनेर ,,,,म हत्त न पत्त रेडी भएर फुलबारी गएँ ,,उनि पहिला नै आएर मलाइ कुरिरहेकी थिइन् ....त्यसपछि उनले आफ्नो ब्याग बाट एउटा पत्र झिक्दै यो तिमीलाई सर्प्राइज गिफ्ट हो भन्दै हातमा राख्दीन ,, साएद भन्न लाज लागेर होला पत्रमा प्रपोज गरेकी भन्ने अनुमान गरें मैले ...दिनभरी त्यहि घुम्यौ र साझ पख कोठामा आउने बित्तिकै मैले उनको पत्र खोलिहाले ,,..पत्र त मैले सोचेको भन्दा ज्यादै भिन्न थियो ,,, मेरो करिव एकबर्ष देखी को उनिपर्तीको माया भ्यालेन्टाइन डे कै दिन चकनाचुर भयो.. पत्रमा लेखेअनुसार .उनले मलाइ जिन्दगीकै असल साथीका रुपमा मात्र लिएकी रहेछिन ,,,र आफ्नो बिहेको कार्ड त्यहि पत्र संगै सर्प्राइज गिफ्ट दिएर गइन .....
सबैले माया जोड्ने दिन, उनले मलाइ छोडेर गईन! क्रमस ....
-( द.दे -४,चारपाला भलाएचौर गुल्मी)