ज्ञवा सञ्चार, माघ १०। प्रेस चौतारी नेपाल रुपन्देहीको १९औं स्थापना दिवशको अवसरमा दिगोशान्ती तथा सामाजिक सद्भावका लागि आमसञ्चारको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम आज रुपन्देहीको सैनामैनामा सम्पन्न भएको छ । स्थापना दिवश उपसमिति सैनामैनाको संयोजनमा संचालित कार्यक्रममा सहभागीले आमसञ्चारको भूमिकाबारे चर्चा गर्दै नवगठित नगरस्तरिय प्रेस चौतारी कमिटिलाई सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
भेलाले टिका खरेलको अध्यक्षताका १३ सदस्यीय प्रेस चौतारी सैनामैना नगर कमिटि गठन गरेको हो । कमिटिमा उपाध्यक्ष गणेश पोख्रेल, सचिव सुरज थापा मगर, सहसचिव विष्णु खत्री, कोषाध्यक्ष रामप्रसाद भट्टराई रहेका छन त्यस्तै सदस्यहरुमा शेखर अर्याल , बन्दना न्यौपाने, माधव पोख्रेल, समजन चौधरी, मनिषा श्रेष्ठ, मनिषा पौडेललाई मनोनियन गरिएको छ ।
यस भन्दा अघि नगर कमिटि बनाउने विधानमा कुनै व्यवस्था नरहेको र हालै केन्द्रीय समितिको वैठकले पारित गरेको विधानमा नगर कमिटि गठन गर्ने व्यवस्था गरे अनुसार नेपालकै पहिलो नगर कमिटिका रुपमा सैनामैना नगर कमिटि गठन गरिएको बताईएको छ ।