सुतेर तलव पकाउने शहिद दिवश

नाम शहिदको तर..... । तस्विर रमेश दाहाल
ज्ञवा सञ्चार, माघ १६ । केहि वर्ष अघिसम्म आज राष्ट्रिय सहिद दिवसको दिन विहानैदेखि तम्घासको  सहिदचोकमा रहेको सहिद सम्शेरबहादुर खत्रीको शालिक वरीपरी सिडियो, एलडियो, सुरक्षा निकायका प्रमुख, राजनैतिक दलका नेता कार्यकर्ता र सर्वसाधरणको अपार भिड देखिन्थ्यो । 
   तर आज भने अवेरसम्म त्यो एकादेशको कथा जस्तै लाग्दथ्यो । सहिद सम्शेरबहादर खत्रीको शालिक विहान अवेरसम्म एक्लै टुलुटुल हेरेर मात्रै बसी रहेको थियो ।  विस्तारमै रेडियोमा सुनियो आज सहिद दिवस भन्ने समाचार । त्यस पछि म सहित धेरै पत्रकारहरु विगतका वर्षहरुमा झै ८ वजे त्यस सालिक वरपरी पुग्दा जो पुग्यो त्यही एक्लै देखिन्थ्यो ।  
   उपल्लो तम्घासबाट पसल खोल्न आएका नेपाली कांग्रेसका नगर सभापति छवि पाण्डेलाई  सोधियो । उनले खै कसैबाट सुरसार र जानकारी छैन सहिद दिवस मनाउने बारे भन्ने प्रतिकृया दिए । त्यसको आधा घण्टा पछि सोही पार्टीका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठलाई सोधियो  ।
 उनले पनि कुनै निकायबाट जानकारी नआएको भन्दै दुख व्यक्त गरे । यदि कसैले मनाएनन् भने साँझ ५ वजे सम्म भए पनि हामीले सहिद दिवस मनाउने सल्लाह भएको छ भने प्रतिकृया उनले दिए । त्यसको केहि वेर पछि श्रेष्ठ वाईक लिएर आएर जाउँ अहिले नै मनाउने भईयो भनेर भने ।
   सभापति श्रेष्ठ सहिद त्यस सालिक अगाडी सुरुमा टाउँको गनेरै १६ जना कांग्रेसजनको उपस्थिती थियो । नगर सभापति पाण्डे फोन गर्दै बोलाउँदै थिए । माल्याणपर्ण गर्ने बेला सम्म दुई जना पत्रकार र बटुवाहरु सहित त्यस्तै २५ जनाको संख्या पुगेको थियो । 
   कुनै एउटा दल मात्रै त्यो पनि पुर्व निर्धारित कार्यक्रम विनै मनाएको त्यो दृश्य देखेर मैले स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठलाई  फोन हाने । उनले  जिल्ला विकास समितिले मनाउने परम्परा नभएको  जिविसका अधिकृतहरुले बताएको र सिडियो सावलाई सोद्धा माथीबाट कुनै जानकारी नआएको भने पछि आफु फिल्डको काममा वाहिर आएको बताईन् । 
  उनले वर्षेनी तम्घास गाविसले पछि नगरपालिकाले मनाउँदै आएको जानकारी दिईन् । त्यसपछि रेसुङ्गा नगरपालिकका कार्यकारी प्रमुखलाई फोन हान्दा उनले  आफु नगरपालिकामा आएको ५ वर्ष भयो नगरपालिकाले मनाएको आफुलाई थाहा नभएको जिकिर गरे ।  
  उनले सिडियो सावलाई सोद्धा माथीबाट कुनै निर्देशन नभएको भने पछि म आफु मात्रै किन जान्ने हुने भनेर एक्लै खान पकाउन थालेको बताए ।  सिडियो ढुङ्गनालाई सोद्धा पनि माथीबाट कुनै निर्देशन नभएकोले विगतमा जो जसले सहिद दिवस विशेष कार्यक्रम आयोजना गर्दथे उनिहरुले नै आयोजना गर्लान भन्ने लागेर यस वारे आफुहरुले पहल नगरेको बताए ।  
    त्यसको केहि वेर पछि नेपाली कांग्रेस नगर समितिले आयोजना गरेको कार्यक्रममा सभापति श्रेष्ठले सम्शेरबहादुरको सालिकमा माल्याणपण गरे । लगत्तै सचिव खिलध्वज पन्थी लगायतको नेता कार्यकर्ताहरुले माल्याण गरे । श्रेष्ठले सहिद सम्शेरबहादुर लगायत प्रजातान्त्रिक आन्दोलनमा सहिद भएकाहरुको योगदानको चर्चा गरे  ।  छोटो शव्दमा आयोजक नगर समिति सभापति पाण्डेले समापन गरेपछि करिव १५ मिनेटमा सकियो । 
 केहि वेर पछि सिडियो सावको फोन आयो । ल शिद्धवावा उच्च माध्यामिक विद्यालयमा मनाईदै छरे जाउँ भनेर ।  त्यस्तै दिउँसो साढे ११ वजे तिर सशस्त्र प्रहरीको टुकडीले सहिद सम्शेरबहादुरको सालिकमा माल्याण गर्न आए । धन्न  त्यसका गुल्मपति डिएसपी दिग विजय सुवेदीको अवेरै भए पनि विवेक पुगेछ । 
यसरी सुनसान गुल्मीको सहिद दिवस देख्दा सहिद दिवसका नाममा कर्मचारीलाई  विदा दिनु भनेको सुतेर तलव खाउ भन्नु हो भन्ने कुरा प्रष्ट हुन्छ ।  विदा दिएर  देशभरका लाखौ कर्मचारी  र शिक्षकको एक दिनको तलवमा खर्चिने रकमले सहिदका परिवारलाई ठुलो राहत पुग्दैन्थ्यो त भन्ने प्रश्न गर्दै गुल्मी सहकर्मी प्रेम सुनारले खबर पठाउनु भएको छ ।