बुटवल, २२ पुस । संचारकर्मी ब्युटी रसायलले भ्वाइस अफ बुटवलको उपाधी चुमेकी छिन् । बुटवल मण्डपमा भर्खरै घोषणा गरिएको नतिजामा संचारकर्मी रसायलले टप फाईभमा पुगेका अन्यलाई पछाडी पार्दै जारी मेलामा भ्वाइस अफ बुटवलको उपाधी हात पारेकी छन्।
उपाधि बिजेता उनले ५५ हजार ५ सय ५५ नगद सहित आर्कषक उपहार प्राप्त गरेका छिन् । उपाधी हात पारेपछी रसायलले आफुलाई भ्वाइस अफ बुटवलको उपाधी दिलाउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेकी छिन् ।
भ्वाइस अफ बुटवलको उपाधिका लागि टप ५ मा परेका सन्ध्या सुनार, सुरुचि पाठक, चन्द्रप्रकाश फौजा र इश्वर चौधरी मध्येबाट एसएमएसका आधारमा सबैभन्दा बढी मत ल्याउनेलाई बिजेता घोषणा गरिएको हो ।भ्वाइस बुटवलको हुने इश्वर चौधरीले ३३ हजार ३ सय ३३ रुपैया नगद सहित आर्कर्षक उपहार, तृतिय हुने चन्द्रप्रकाश फौजाले २२ हजार २ सय २२ रुपैया नगद सहित आर्कर्षक उपहार, चौथो हुने सुरुचि पाठकले ११ हजार १ सय ११ रुपैया र अन्तिम ५ मा परेका सन्ध्या सुनारलाई ५ हजार ५ सय ५५ रुपैया नगद सहित पुरस्कृत गरिएको थियो ।भ्वाइस अफ बुटवलको बिजेतालाई बरिष्ठ गायिका देबिका बन्दनाले पुरस्कार तथा उपहार प्रदान गर्नु भएको थियो । प्रतियोगिताको संयोजक रितेश सिलवाल हुनुहुन्थ्यो । मेलाको समापनका दिन भोली दोहोरी गीतको फाइनल प्रतियोगिता हुने छ । फाइनलमा एस के म्युजिक बुटवल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्विनीबीच प्रतिष्पर्धा हुने छ ।त्यस्तै बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवलमा जारी औद्योगिक व्यापार मेलामा आज पनि बिभिन्न कार्यक्रम र प्रतियोगिताहरु सम्पन्न भएको छ ।मेलामा सञ्चालित कृषि वालि प्रतियोगिता र भ्वाइस अफ बुटवल आज सकिएको छ ।
रुपन्देही जिल्लाका डेढ सय कृषक तथा कृषक समुह सहभागि कृषि वालि प्रतियोगिताका सहभागिहरुलाई ८ समुहमा बिभाजन गरी पुरस्कृत गरिएको छ ।जिल्ला कृषि बिकास कार्यालय रुपन्देहीको समन्वयमा भएको प्रतियोगितामा फलफुल तर्फ सैनामैना ५ का नारायण कार्की प्रथम, पश्चिम अमुवा ५ का सुग्रिव केवट द्धितिय र खडवा बनगाई ६ का कृष्ण मुराउ तृतिय, च्याउ खेतिमा तिलोत्तमा ११ का मिना बस्याल प्रथम, सालझण्डी १ का जुना थापा द्धितिय र गजेडीका गंगाधर शर्मा तृतिय भएका छन ।त्यस्तै काउलीबालीमा खडवा बनगाई ६का नरवदे मुराउ प्रथम, मानपकडी २ का सुनिल हरिजन द्धितिय र सुर्यपुरा ३ का दुर्गा प्रसाद मौर्य तृतिय, जरेबालीमा देवदह ७ का मिन प्रसाद राना प्रथम, बुटवल १४ का बल बहादुर घर्ति द्धितिय र सैनामैना ४ का हिम कुमारी बिष्ट तृतिय, लहरेवालिमा मानमटेरीया ५ का गर्भु थारु प्रथम, सैनामैना ९ का अनारी केवट द्धितिय र सैनामैना ५का शंकर थारु तृतिय भएका छन ।त्यसैगरी मसलाबालीमा कम्हरीया २ का गणेश चौधरी प्रथम, मानपकडी २ का रामरतन बिक द्धितिय र सैनामैना ४ का लक्ष्मि श्रेष्ठ तृतिय तथा फलफुल समुहको तरकारी बालीमा दयानगर ७ का शिवकान्त गुप्ता प्रथम, तिलोत्तमा १९का तमेश्वर थारु द्धितिय र खडवाबनगाई ६का रामचरण मुराव तृतिय भएका छन ।प्रतियोगिताका बिजयीहरुलाई भोली मेला समापनका अवसरमा नगद सहित पुरस्कृत गरिने छ । लुम्विनी अनलाईन डटकममा खबर छ ।