काठमाडौं । कप्तान प्रदिप लम्साल एक्लैले दुई गोल गरेपछि साफ यु–१५ च्याम्पियनसिपतर्फ लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानमाथि ६–० को शानदार जित हात पारेको छ । यो जितसँगै नेपालले फाइनल प्रवेश पाएको हो ।
पश्चिम बंगालस्थित कल्याणी स्टेडियममा भएको खेलको पाँचौं मिनटमै प्रदिप लम्सालले पहिलो गोल गरे । लगतै नवौं मिनटमा निराजन खत्रीले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो ।
दोस्रो हाफ शुरु भए लगतै ४८औं मिनटमा कप्तान लम्सालले नै व्यक्तिगत दोस्रो तथा नेपाली टोलीका लागि तेस्रो गोल गरे । खेलमा एकपक्षिय जित हात पारेको नेपालका लागि ७५औं मिनटमा असिम राईले चौथो गोल गरे भने ८५औं मिनटमा कृष सापकोटाले पाँचौं गोल गरे ।
नेपालको यो जित संगै नेपालले आज नै हुने भारत र बंगलादेश बिचको खेलको नतिजा पर्खनु पर्ने छैन् । सो खेलमा बंगलादेशले भारतलाई हराएर नेपाल संगै समान ९÷९ अंक बटुले पनि हेड टु हेडका आधारमा नेपालले बंगलादेशलाई पछाडी पार्दै फाईनलमा प्रवेश गर्दैछ । उज्ज्यालो न्युजले खबर लेखेको छ |