प्रेम सुनार, गुल्मी, असार–४। गुल्मी जिल्लाका भुकम्प पिडितहरुलाई चेक रिपव्लिकमा कार्यरत गुल्मी मुसिकोट–६ , कालिरहका जितेन्द्र रायमाझीले डेढ लाख रुपैयाँ सहयोग गरेका छन् । उनले गुल्मी केयर विश्व सञ्जाल संस्था मार्फत उक्त सहयोग रकम हस्तान्तरण गरेको त्यस संस्थाका अध्यक्ष मानबहादुर कुँवरले जानकारी गराए ।
अनुशरणीय कुरा त के छ भने रायमाझीकी कक्षा ५ मा पढ्ने छोरी प्रतिक्षा रायमाझीले चेक रिपव्लिक स्थित आफ्नो विद्यालयका सहपाठी र शिक्षकहरु संग गृह जिल्लाका भुकम्प पिडितहरुलाई सहयोग संकलन गरेर ९ सय युरो जुटाएकी थिईन् । वालिका छोरीको त्यो सक्रियताले रायमाझीले प्रोत्साहित ग¥यो र उनी आफुले ३ सय युरो थपि दिए । त्यस्तै प्रतिक्षाका सहपाठी सिर्जन बिकले १ सय युरो सहित कुल १३ सय युरो अर्थात डेढ लाख रुपैयाँ सहयोग संकलन भएको र उक्त रकम गुल्मी केयर विश्व सञ्जाल मार्फत पठाएको रायमाझीले जानकारी दिए ।
रायझीले जिल्लाका यस्ता विपद एवं उपचार नपाएर जिवन रक्षाको माग गरेका थुप्रैलाई सहयोग गर्दै आएका छन् । सहयोग दाता रायमाझी लगायतलाई गुल्मी केयर विश्व सञ्जाल र यहाँका पिडितहरुले आभार प्रकट गरेका छन् ।