प्रेम सुनार, गुल्मी, असार–४। केहि दिन अघि ओझेलका खवर मार्फत गुल्मी जिल्लाका भुकम्प पिडितहरुलाई सहयोग घोषण गरेका हस्तीचौर र दर्लामचौरका युवाहरुको उक्त रकमबाट आज देखि सहयोग वितरण कार्य सुरु भएको छ ।
अति विपन्न भुकम्प पिडितहरुको छनौट गरेर मात्र हस्तान्तरण गर्ने ति सहयोग दाताको उद्देश्य अनुरुप ओझेलका खवर सञ्चालक प्रेम सुनारले आज पहिलो दिन हस्तीचौर–६ छल्दीटारका अति विपन्न परिवारका भोटबहादुर नेपालीलाई जिन्सी सहयोग गरेका हुन् । भुकम्पले घर भत्कीएर त्रिपालमा मुनी बस्न बाध्य नेपालीको टहरा निर्माणका लागि सुृनारले करिव १४ हजार मुल्य वरावरको दुई वण्डल जस्ता पाता र दुई किलो काँटी हस्तान्तरण गरेका हुन् । थप पिडितहरुको छनौट गर्न भोली कार्यक्रम सञ्चालक सुनार हस्तीचौर र दर्लामचौर जाने कार्यक्रम रहेको छ । दर्लामचौर र हस्तीचौरका युवाहरुले कतारबाट २६ हजार भन्दा बढि रकम पठाएका थिए ।