काठमाडौ, १४ असार(एजेन्सी) : ३० जून २०१५
अर्थात् १५ असार अन्य दिनभन्दा थोरै लामो हुने भएको छ । अमेरिकी अन्तरिक्ष
संस्था नासाका अनुसार मंगलबार एक अतिरिक्त सेकेण्ड(लीप सेकेण्ड) जोडिने
भएकाले सामान्य भन्दा थोरै लामो हुनेछ । ग्रीन बेल्ट स्थित नासाका गोडार्ड
स्पेस सेन्टरले पृथ्वीको परिक्रमा केही ढिलो हुनेछ, जसलाई लिप सेकेण्ड भन्न
सकिन्छ ।
कोओर्डिनेटेड युनिभर्सल टाइम(यूटीसी)का अनुसार एक दिनमा ८६ हजार ४ सय सेकेण्ड हुन्छ । युटीसी टाइम स्ट्यान्डर्डको प्रयोग समय हेर्नका लागि गरिन्छ । युटीसी ‘अटोमिक टाइम’ हो, जहाँ एक सेकेण्डको अवधी सीसियमको एटम्समा हुने पूर्वानुमानित इलेक्ट्रोम्याग्नेटिक ट्रान्जिशन्सको आधारमा तय गरिने छ ।
कोओर्डिनेटेड युनिभर्सल टाइम(यूटीसी)का अनुसार एक दिनमा ८६ हजार ४ सय सेकेण्ड हुन्छ । युटीसी टाइम स्ट्यान्डर्डको प्रयोग समय हेर्नका लागि गरिन्छ । युटीसी ‘अटोमिक टाइम’ हो, जहाँ एक सेकेण्डको अवधी सीसियमको एटम्समा हुने पूर्वानुमानित इलेक्ट्रोम्याग्नेटिक ट्रान्जिशन्सको आधारमा तय गरिने छ ।
सिसियम क्लक यति विश्वसनिय छ की यसले १४,००,००० वर्षसम्मको एक सेकेण्ड पनि कुनै गल्तिबिनाम अनुमान गर्न सक्छ ।
आमरूपमा पृथ्वीको एक परिक्रममा ८६,४००.००२
सेकेण्ड लाग्छ । यसकारण ३० जूनमा ठीक ११:५९:५९ युटीसीमा एक लीप सेकेण्ड
जोडिने छ । यसको अर्थ यो हो की यो समयपछि नयाँ दिन सुरू नभई अटोमिक क्लकमा
११:५९:६० बज्नेछ । वैज्ञानिकहरूका अनुसार एक सेकेन्ड धेरै हुँदा
कम्प्युटरमा असर गर्न सक्छ ।
इतिहासमा २६ औ पटक यस्तो हुँदैछ
‘लीप सेकेण्ड’को सिद्धान्त पहिलो पटक १९७२
मा भएको थियो । अहिलेसम्म २५ पटक ‘लीप सेकेण्ड’ जोडिइसकेको छ । अमेरिकी
नेवल अब्जरभेटरीमा अर्थ ओरियन्टेशन प्यारामिटर्सका प्रमुखले ३० जून मा
८६,४०० को सट्टामा ८६,४०१ सेकेण्ड हुने बताएका छन् । यो हरेक सिन कसैकालागि
एक सेकेण्ड लामो हुनेछ ।
सफ्टवेयर क्र्यास हुने सम्भावना
‘लीप सेकेण्ड’ले विश्वभरका कम्पनीहरूको
लागि चिन्ताको विषय बनेको छ । यसभन्दा पहिले २०१२ मा जब ‘लीप सेकेण्ड’
जोडिएको थियो, त्यतिबेला कम्पनीहरूको सफ्टवेयर क्र्यास भएको थियो । जावा
प्रोग्राममा गडबढी आएको थियो । तर, यसपटक केही कम्पनीहरूले यसभन्दा पहिले
नै तयारी गरिरहेका छन् । तरपनि यसको संकट भने यथावत छ ।-ONS Online