महिलाले धारे हात लगाउँदै सोमत नभएको भन्दै गाली गरेपछि...
कृषि विभागले धान दिवसको अबसरमा काठमाडौंको मुलपानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पराजुलीले अश्लिल हर्कत देखाएका हुन् ।
बिहान ११ बजे उद्घाटनका लागि बोलाए पनि मन्त्री पराजुली ३ बजे पुगेका थिए ।
झण्डै १५ मिनेट भाषण गरेपछि मन्त्री हिलो खेतमा परे । धान दिवसको अबसरमा
मन्त्री नै हिलोमा पसेर रोपाइँ गर्नु राम्रो हो ।
तर, मन्त्री पुराजुलीले सबै सीमा नाघे । रोपाइँमा रमाइलो गर्ने नाममा उनी कार्यक्रममा सहभागी महिलाहरूलार्इ जबरजस्ती अंगालो हाल्न पुगे । उनी अगाडि देख्ने महिलालार्इ जबरजस्ती अंगालो हाल्थे र पूर्व चिनजान भएको दाबी गर्थे ।
मन्त्रीले अश्लिल हर्कत गरेपछि महिलाहरू भने रिसाए । अनिच्छापूर्बक अंगालो मारिरहेपछि एक महिलाले फुत्किएर धारे हात लगाउँदै कस्तो सोमत नभएको भन्दै गाली समेत गरेका छन् ।
(तस्वीरः शम्भु दंगालको फेसबुकबाट हुँदै अनलाइन खबरबाट साभार)