रेन्बो गुल्मी प्रथम, अर्जुन र चक्रेश्वर द्वितिय र तृतियको दावी

जिल्ला उत्कृस्ट दाबा गरेको रेन्बो बोर्डिंग स्कुल
ज्ञवा संचार, असार ५ । गुल्मी जिल्लाको ग्रामिण क्षेत्रमा ज्ञवा बलेटक्सारस्थित रेन्बो इङ्लिस बोडिङ स्कूलले जिल्लामा आफू उत्कृष्ट भएको दावी गरेको छ । विद्यालयका प्राचार्य फर्सुराम ज्ञवालीले विद्यालयकी छात्रा सुजाता ज्ञवालीको ९१.९२ प्रतिशत र छात्र अमृत पन्तको ९०.६२ प्रतिशत जिल्लामै उत्कृष्ट नतिजा भएको दावी गर्नुभयो ।  उहाँले छात्राको नतिजाले अञ्चल एवं क्षेत्रीय स्थानमा विद्यालयले कुनै विशिष्ट स्थान दावा गर्नसक्ने पनि बताउनुभयो ।
ज्ञवा संचारसँग कुरा गर्दै प्राचार्य ज्ञवालीले भन्नुभयो– ‘हाम्रो विद्यालयले प्राप्त गरेको नतिजा जिल्लामै उत्कृष्ट भन्ने हाम्रा दावामा दुईमत छैन, अञ्चल एवं क्षेत्रिय स्थानमा छात्रातर्फपनि कुनै विशिष्ट स्थानको दावा गर्न पाउनेमा पनि हामी प्रतिक्षारत छौं ।
गुल्मी जिल्लाको ग्रामिण क्षेत्रमा सामान्य विद्यालय भवनमा सामान्य स्तरमा संचालित यस स्कूलले गतवर्षको एसएसलीमा पनि जिल्लाकै उत्कृष्ट नतिजा हासिल गरेको थियो । प्राचार्य ज्ञवाली भन्नुहुन्छ,‘राम्रो शिक्षा दिन छोराछोरीलाई सदरमुकाम र शहर पढाउने अभिभावकलाई ग्रामिण क्षेत्रका विद्यालयमा पनि उत्कृष्ट नतिजा संभव छ उदाहरण पनि यस विद्यालयले प्रस्तुत गरेको छ । विद्यालयको समग्र नतिजा पनि राम्रो भएको बताउँदै उहाँले मिहिनेती विद्यार्थी, शिक्षक र सचेत अभिभावक भएकै कारण यो सबै संभव भएको पनि बताउनुहुन्छ ।
रेन्बोपछि जिल्लामा तम्घासको अर्जुन बोडिङ स्कूल ८९ प्रतिशत र चक्रेश्वर बोडिङ स्कूल शान्तिपुर ८८ प्रतिशत नतिजासाथ क्रमशः दोस्रो र तेस्रो दावेदारको रुपमा उभिएका छन् ।
समग्र गुल्मी जिल्लाको प्रतिसत विगतमा भन्दा अहिले वृद्धि भएको छ । नियमित तर्फ ४७ प्रतिसत सफल भएका छन् । जिल्ला शिक्षा कार्यालय, गुल्मीले यो वर्ष फरक शैलीमा २७ बुँदे आचार संहिता लागु गरेर परिक्षा संचालन गरिएकोले नतिजा राम्रो भएको बताएको छ । उत्कृष्ट को भन्नेमा जिल्लाबाट प्रतिसत भिडाउने क्रम जारी रहेकोले अहिले सम्म रेन्बो, अर्जुन र चक्रेश्वर बोडिङले क्रमश प्रथम, द्वितिय र तृतिय स्थानमा उभिएको कार्यालयले जनाएको छ ।