प्रेम सुनार, गुल्मी,आसार–१८ | बाख्राले एकै वेतमा बढिमा कति वटा सम्म पाठा पाठी पाउला?प्राय सवैको जवाफआउला बढिमा चार वटा सम्म। हुनपनिबाख्राले अहिले सम्म बढिमा चारवटा सम्म पाउछ भन्ने सुने देखेकै कुरा हो । तर यो पनि सुन्नु , देख्नु प¥यो किगुल्मीको फोक्सीङ्ग गाविसमाबाख्राले एकै वेतमा ६ वटा पाठा पाठी पाएको कुरा । फोक्सीङ्ग गाविस वडा नम्वर–६ कीएकलमहिलाचन्द्रकुमारी सापकोटाको बाख्राले यसै हप्ता ६ वटा पाठा पाठी जन्माएको हो ।
अहिले सम्मगाउँमानभएको कुरा सापकोटाको बाख्राले ६ वटा पाठा पाठी जन्माए पछि त्यहाँ हेर्न आउनेको भिड लागेको छ । लामकाने जातको स्थानिय बाख्रा सापकोटाले ६ वर्ष अघि घरमै हुर्काएकीथिईन । उनकाअनुसार त्यसको माउले भने बढिमा तिन वटा सम्मपाएको थियो । त्यस बाख्राले पहिलो वेतमादुई वटा पाठा पायो । दोश्रोमा ३ वटा चौथोमा ४ वटा र यो पाचौं वेतमाउसले ६वटा वाठा पाठी पाएको हो । ६ वटा मध्ये एउटा पाठा भने मरेको सापकोटाले बताईन् । मेरो श्रीमानले दोश्रो विवाह गरेर सवै सम्पत्ती वेचेर मधेस तिर जानु भयो । ‘मेरो यहाँ वस्ने वास समेत छैन् । स्कुलले यो कोठा दिएर वसेकीहुँ’–७४ वर्षिया निसन्तानसापकोटाले भनिन्–‘मलाई पालेकै यहिवाख्राले हो ।’
त्यस बाख्रा वाट जन्मेका पाठाहरु खसीपारेर वाहुर्काएर बोकाको मुल्यमा बेच्नसापकोटाले कहिले पाएकी छैनन् । धैरै पाठा पाठी जन्माउने सन्तानभएकोले जन्मीनसाथागाउँवासीले किनेर लैजानहारालुछ गर्ने भएकोले सानैमा बेच्नबाध्यभएको सापकोटाको भनाई छ । ६ वर्षयताउक्तबाख्राले २ लाखभन्दा बढि आम्दानीदिएको उनले बताईन्। सापकोटाले थपिन्–‘यसैका पाठा पाठी बेचेर नुन तेल सवै पुराउँछु र विरामीपर्दा दवई गर्ने खर्च पनि यसैबाट जुटाउ छु । ’
जनकल्याण उच्च माध्यामिक विद्यालय फोक्सीङ्गक शिक्षक पुर्षोतम ढकालका अनुसार तिमहिला साहरा विहिन र सुकुम्वासीभए पछि त्यस विद्यालयले एउटा पुरानो भवनमाउनलाई आश्रय दिएको थियो । त्यसैमा बसेर सापकोटाले उक्तवाख्रापालेर जिविकाचलाउँदै आएकोशिक्षक ढकालले बताए । उनले भने–‘अँस्तीमंसिरमा ४ वटा पाएको देखेर छक्क परेकाथियौं झनअहिले ६ वटा पाउँदा त हामीशिक्षकस्टाफ रविद्यार्थी झनआश्चर्य चकितवातवरणमा छौं ।’ सापकोटाको वाख्राले एकै वेतमा ६ वठा पाठा–पाठी पाउनु भनेकोनिकैआश्चर्य भएको शिक्षक ढकालले बताए ।
तस्वीरः जन्मेका ६ वटा मध्ये एउटा मरेको र पाँच वटा पाठा पाठी देखाउँदै उनै सापकोटा