हाम्रै गुल्मीमा : जहाँ बाख्रो काटेर मासु खाईदैन्, उसलाई पुजिन्छ

फोक्सीङ्ग ३ का पुर्णबहादुर राना बाख्रोलाइ पुज्ने तरिका देखाउदै
प्रेम सुनार, गुल्मी,आसार–१८ । हिन्दु धर्मलम्वीहरु गाईलाई पुज्छन.। जसलाई काट्नु–मार्नुलाई अपराध मान्छन् । बरु ति हिन्दुहरुले वाख्रा काट्छन् मासु खन्छन् ।  उसका पाठा पाठी मन्दिरमावलि समेत चढाउछन् । तर तिनै हिन्दु धर्ममान्ने हाम्रै समाजका यस्ता समुदायपनि छन् जसले बाख्रा काटेर मासु खान्नन् । गाईपुजे झैं पुज्ने गर्दछन् ।
  यो गुल्मी क्षेत्र नम्वर–१ , फोक्सीङ्ग गाविसका राना थरकामगर समुदायको सदियौं देखि ओझेलमा परेको अनौठो खवर हो । फोक्सीङ्गमा ठुलो संख्यामा राना थरका मगर समुदाय छन् । तिमध्ये चितउरे कुल–गोत्राका रानाहरुले वाख्राको मासु खाँदैनन् उसलाई जन्मदिने आमातुल्य ठानेर पुज्ने गर्दछन् ।
चितउरे कुलका रानाहरु फोक्सीङ्ग वडा नम्वर –३ को तिलुङ्गमंगलस्थानमा ९ घरधुरी रहेका छन् । वडा नम्वर–५ को लुङरिङ गाउमा ३ घर , वडा नम्वर– ४ को जोगी टोलमा७ घर, वडा नम्वर १ को लम्करार वडा नम्वर ८ को खानीगाउमा९ घरधुरी सहितकुल२८ घरधुरी चितउरे  रानाहरुले वाख्रालाई पुज्ने उसको मासु नखाने गरेकाहुन् ।
वाख्राको मासु नखाने  आमातुल्यपुज्ने गर्नुको चितउरे रानाहरुको आफ्नै ईतिहाँस छ । फोक्सीङ्ग ३ , लितुङ्गमंगलस्थानका ५५ वर्षिय पुर्णबहादुर रानाकाअनुसार पाँचौं पुस्ता अघि एकचितउरे रानाको परिवारमा सन्तानजन्माउन साथआमाको मृत्यु भयो । ति सन्तानलाई व्राखा्रको दुधखुवाएर हुर्काईयो । तिनैबाट थुप्रै सन्तान फैेलिए । फैलिएकातिनै सन्तानले बाख्रालाई आमामान्नथाले । अहिले नयाँ पुस्ताले पनिवाख्रा घर घरमापाल्ने गरेका छन् तर त्यसलाई काटेर मासु खाँदैनन् ।
शहर–वजारकाहोटलहरुमा खानाखाँदाफोक्सीङ्गकाचितउरे रानाहरुले पहिलै सोध्ने गर्दछन् मासु के को छभनेर । खसीवोकाको छ भन्नवित्तिकै उनिहरुले खाादैनन् । फोक्सीङ्ग ५ का २५ वर्षिय युवा ऋषिराम राना भन्छन् –‘वाख्रा काट्ने, उसको मासु खाने त हामीहरुले कल्पना समेत गर्न सक्दैनौ । जिज्युवाजेको पाला देखि पुज्ने गरेकाले हामीयुवा पुस्ताले पनिबाख्रालाइर्् आमातुल्य ठानेर पुज्ने गर्दछौं । ’
 नेपालमै वस्ने हिन्दु र अन्य धर्मलम्वीहरुका लागि पनि खसीवोकाको मासु नखाने यो अनोठो खवर हो । फोक्सीङ्गकाचितउरे रानाहरुले वरु सुँगुर र पाडाको मासु खाने गर्दछन् । उनिहरुका घरमा सुँगुर  र बाख्राहरु सदियौं देखि पाल्ने गरिएको छ । वाख्रापनिउतिकै मात्रमा पालिन्छ र अन्य समुदायलाई बेच्ने गरिन्छ । चितउरे रानाहरुले यस विषयमाएतिहाँसिकमहत्वदर्शाउने पुस्तक समेत लेखेको स्थानियऋषिराम रानाले जानकारी दिए ।