भुकम्प पिडितहरुलाई राहत वितरण गर्दै समाजका प्रतिनिधीहरु |
प्रेम सुनार, गुल्मी, असार–१८ । गुल्मी सेवा समाज कतारले गुल्मीका भुकम्प पिडितहरु मध्ये अति विपन्न परिवारलाई पुर्नवासका लागि केहि राहत सामग्री वितरण गरेको छ । समाजले आज पहिलो दिन गुल्मी क्षेत्र नम्वर ३ का चार जना भुकम्प पिडितहरुलाई जनही दुई वण्डलका दरले जस्ता पाता र डेढ किलोको दरले काँटी वितरण गरेको हो ।
झण्डै ५५ हजार मुल्य वरावरको उक्त राहत सामग्री गुल्मी सेवा समाज कतारका केन्द्रिय प्रतिनिधी रामप्रसाद रेग्मी, अविरल अजित, वलेटक्सार ६ निवासी विष्णुप्रसाद गौतम , विशेष जिल्ला प्रतिनिधी प्रेम सुनार र तारा भुसालले आज सदरमुकाम तम्घासमा सम्वन्धीत पिडित परिवारलाई वितरण गरेका हुन । क्षेत्र नम्वर ३ वाट जस्ता पता पाउनेहरुमा नेटा गाविस वडा नम्वर ४ उपल्लो थामाकी सुनिता सुनार, वडा नम्वर ३ थामा गाउँकी दिलमाया घिमिरे , वडा नम्वर ४ न्वारधाराका प्रेमबहादुर बिक र दोहली गाविस वडा नम्वर ५ का थम्मनबहादुर बिक रहेका छन् ।
ति चारै जनालाई समाजको अध्यान टोलीले स्थल गत रुपमैं पुगेर छनौट गरेको हो । टोलीले भोलि क्षेत्र नम्वर २ मा पुनः अध्यान गरी राहत विरण गर्ने कार्यक्रम रहेको केन्द्रिय प्रतिनिधी रामप्रसाद रेग्मीले जानकारी दिए । गुल्मी सेवा समाज कतारका अध्यक्ष शिव खड्काका अनुसार पहिलो चरणमा समाजले दुई लाख वरावरको राहत वितरण गर्ने र दोश्रो चरणमा पनि राहत वितरण गर्ने छ ।