सिमावारी हाहाकार र कालोबजारी, सिमापारी तेल भर्न मारामारी

ज्ञवा संचार, आसौज ३०, बुटवल | यस क्षेत्रमा पेट्रोलको चरम अभाब हुन थालेपछि नेपालीहरु भारतको नौतुनहवा बजारसम्म पेट्रोल भर्न पुग्ने गरेका छन् |
नेपाली आयल निगमको डिपोहरुबाट प्रतिलिटर रु १०४ मा पेट्रोल वितरण हुँदै आएको छ भने भारतीय आयल निगमका डिपोमा प्रतिलिटर रु १०८ मुल्य कायम छ | दिनप्रतिदिन नेपालबाट पेट्रोल लिन जानेको सङ्ख्या बढ्न थालेपछि भारतीय सिमाका सुनौली, नौतुनहावा लगायत बजारका पेट्रोलपम्पले प्रतिलिटर पेट्रोलको भारु ६८ बाट बढाएर भारु ७२ लिन थालेका छन् | स्थानीय बजारमा कालोबजारी गर्नेले भारु एकसय देखी १२० सम्म लिने गरेको नतुनहवाबासी महेश कलवारले बताए | कालोबजारीमा पेट्रोलपम्प, स्थानीय ब्यापारी र केहि प्रहरीको समेत मिलोमतो रहेको पनि कलवार बताउछन | 
पेट्रोल लिन त्यहाँ पुगेका नेपाली युवा एस चौतारे बताउछन् 'पेट्रोल लिन लामो लाइनमा बसेर निकै समय कुर्नु पर्छ, नेपाली भन्ने चिनेपछि पम्पवाला तेल दिनपनि आनकानी गर्ने, निकै बेर कुराउने, ठुलो स्वरगर्दै हेपेर बोल्ने गर्छन' |
भारततर्फ मोटरसाइकल लिएर जानको लागि त्यहाँको स्थानीय प्रसासनले टोकन सिस्टम लागु गरेको छ | टोकन बिना गएको भेटाएमा स्थानीय प्रहरीले हिरासतमा लिने गरेको सुनौली बजारका ब्यापारी सुनिल मिश्रले ज्ञवा संचारलाइ बताए | 
आज बुटवलमा बिभिन्न डिपोबाट अहिले बिहान ११ बजेदेखि पेट्रोल उपलब्ध हुँदैछ | प्रत्येक पेट्रोलपम्पबाट ६ हजार लिटर पेट्रोल वितरण हुने बताईएकोमा बिहानै देखी पेट्रोलपम्पमा हजारौं मोटरसाइकलको लाइन लागेको छ | उत्तिकै सिमाक्षेत्र बेलहियातर्फ तेलको जोहो गर्न जाने मोटरसाइकलको लस्कर बेलहियानाकामा देखिएको छ |