रुरु(रिडी) धाममा ऋशीकेश उत्सव एवं धार्मिक मेला शुरु

ऋशीकेश उत्सवमा बिभिन परीकार ऋशीकेश मन्दिर लगिदै
ज्ञवा संचार, गुल्मी, मंसिर ६। आज हरीबोधनी एकादशी हिन्दूहरुको बिशेष चाड तथा रिडीमा ऋशीकेश उत्सवको पहिलो दिनको अबसरमा रिडीमा धार्मिक मेला आजबाट शुरु हुँदैछ।
यस अवसरमा हजारौको संख्यामा तिर्थ यात्रीहरु कालीगन्डकीमा स्नान गर्न तथा ऋशीकेश भगवानको दर्शन गर्न रिडी आउँने गर्दछन्। ऋशीकेश उत्सवको पहिलो दिनको अबसरमा आज रिडी बजारबाट पञ्चेबाजा सहित फुलपाती, फलफुल तथा रोटीहरुको बिभिन परीकार सहीत ऋशीकेश मन्दिर लगिदै गरेको स्थानीय युवा संचारकर्मी सुन्दर कसजुले जानकारी गराउनु भएको छ |
यस बर्षका लागि जात्राको मुल पाले गणेश थैबको घरबाट लगिदै छ्। भोली द्वादशीको दिन ऋशीकेश भगवानको प्रतिमालाई रथमा राखी भब्य रुपमा रिडी बजारमा परीक्रमा गराइदै छ्। रथारोहरण कार्यक्रममा सहभागी हुन हजारौंको संख्यामा तिर्थालुहरु रिडी आउने गर्दछन र भित्रिने क्रम शुरु भइसकेको कसजु बताउनुहुन्छ | साभार- रुरु नेटवर्क