प्रेम सुनार, गुल्मी, मंसिर–१ । गुल्मीकी एक ४ वर्षिया वालिकालाई वलत्कारको प्रयास गर्ने २० वर्षिय युवा पक्राउ परेका छन् । गत कार्तिक २५ गतेका दिन गुल्मीको दरवार देविस्थान गाविस वडा नम्वर–६ उपल्लो हटियाका २० वर्षिय युवा विष्णु सुनार ४ वर्षिया वालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयद्धारा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र रेग्मीले ४ वर्षिया वालिकालाई जवरजस्ती करणी उद्योग गरेको अभियोग मा निजलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जानकारी दिए । सो कार्यालयका मुद्धा फाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार उक्त दिन दिउँसो करिव २ वजेको समयमा नास्ता खान होटलमा पसेका आरोपी सुनारले वलत्कारको प्रयास गरेको कुरा पिडित वालिकावाट खुलेको हो ।
परिवारका सदस्यको वयानलाई उदृत गर्दै यादव भन्छन्–‘ ति वालिकाले त्यस दिन राती पटक पटक पिशाव फेर्न गई राखेपछि के भयो भनि वावुले सोध्द्धा वालिकाले घटनाको रहस्य अर्को दिन खोलेकी थिइन् । ’