तस्वीरः गुल्मी खानीगाउँको एक घरमा राँगो पु¥याउन जाँदैघर्ति |
प्रेम सुनार, गुल्मी, मंसिर–१ । अहिले गाउँघरमा राँगो पाल्ने चलन हराउँदै गएको बेला सदरमुकाम तम्घासका एक कृषकले भने राँगो पालेर वार्षिक डढे लाख चोखो आम्दानी लिदै आएका छन् ।
रेसुङ्गा नगरपालिका–८, तम्घास भुजेलखर्कका गणेशबहादुर घर्तिले गत १९ वर्ष देखि राँगो पालेर वार्षिक डेढ लाख चोखो आम्दानी लिने गरेका हुन् ।
घर्ति भन्छन्–‘रेसुङ्गा नगरपालिका अन्तरगत साविकका चार गाविस तम्घास, अर्खले , दुविचौर सिमीचौरमा अरुले राँगो पालेका छैनन् ।
साविकका यि चार गाविसमा गत १९ वर्ष देखि भैसी प्रजनन्का लागि राँगो पु¥याउँदै आएको छु । त्यसको शुल्कबाट खर्च कटाएर वार्षिक डेढ लाख चोखो आम्दानी लिदै आएको छु ।’
एउटा भैसीलाई सेवा दिए वापत एकहजार लिने घर्तिले दिनमा ८ वटासम्म भैसीलाई सेवा दिने गरेको बताए । पछिल्लो चरण उनले गुल्मी कै हुँगाबाट ५५ हजारमा मुर्रा जातको राँगो किनेर ल्याएका छन् । उनले एक गाविसमा एउटा राँगोले सेवा दिन नपुग्ने भए पनि आफुलाई चार वटा गाविस र छिमेकी जिल्ला अर्घाखाँचीसम्म भ्याई नभ्याई भएको बताए ।