गुल्मीमै बन्यो सुपरहिट लोक दोहोरीको भीडियो (भीडियो सहित)

गुल्मेली गायक महेन्द्र भण्डारी र पूर्णकला बिसीको स्वरमा रहेको सुपरहिट लोक दोहोरी गीत अझै कति बस्ने हो पागल जस्तै बनिको भीडियो गुल्मीमै निर्माण भएको छ । रेसुङगा टेलिभिजनले उक्त गीतको भिडियो छायाँकन गरेको हो । भीडियो निर्माता गीरीस रिजालले गुल्मीमै निर्माण भएको उक्त भिडियो गुल्मीमा निर्माण भएका भीडियोहरुमा उत्कृष्ट मध्येको एक रहेको बताए ।
‘सधै तिम्लाई सम्झेर रुनी, रोएरनै वित्ने भो यो जूनी, अझै कति बस्ने हो पागल जस्तै बनि’ यस्ता यस्ता मर्म स्पर्शी शब्दहरु गीतामा रहेका छन् । गीतको शब्द गुल्मेली नव प्रतिभा राजु मगर र लय सन्जय विसीको रहेको छ । गीतमा मोहन बस्नेत र मञ्जु मगरले अभिनय गरेका छन् ।