रुपन्देहीमा चौथोपटक आज ६० हजार लिटर पेट्रोल बितरण

बुटवल, पुष ११ | भारतद्धारा जारि अघोषित नाकाबन्दीको कारण ईन्धन अभाब भैरहेको समयमा आज जिप्रका रुपन्देहीको समन्यमा रुपन्देहीको बिभिन्न २० ओटा पेट्रोल पम्पमा प्रति पम्प ३ हजार लिटर पेट्रोलको दरले ६० हजार लिटर पेट्रोल बितरण भएको छ । मोटरसाईकल, भ्यान तथा ट्याक्सीलाई बितरण गरिएकोमा मोटरसाईकलाई ५ सय र अन्यलाई १२ सयको पेट्रोल बितरण गरिएको जिप्रका रुपन्देहीले जनाएको छ ।
भारतीय अघोषित नाकबन्दीपछि चौथोपटक बितरण गरिएको जिप्रका रुपन्देही द्धारा जानकारी गराईएको छ । सरकारी तथा अतिआबश्यक भएका निकाय तथा बिभिन्न संघसंस्थालाई प्रशासनको सिफारिसमा बितरण गदै आएको छ । आज बितरण गरिएको पम्पहरुमा अत्यधिक भिड रहेको थियो | बुटवलको बजारको मुटुमा रहेको बुटवल डीजल्समा लोडसेडिङको कारण लाईन नआएपछि र जेनेरेटरले लोड लिन नसकेपछि पेट्रोल वितरणमा दुइ घण्टा ढिलाई भएको थियो | त्यसबिचमा अपभोक्ता, पेट्रोल पम्पवाला र प्रहरीबीच तनाबको स्थिति पनि सिर्जना भएको थियो | उपभोक्ताले अघिल्लो दिन बेलुका देखि नै लाइनमा बसेको र जस्तोसुकै बिकल्प अपनाएर समयमै पेट्रोल वितरण गर्न पेट्रोलपम्प मालिकसंग आग्रह गर्दा रुपन्देही जिल्लाका सिडियो बिष्णु ढकालको नेत्रित्तोमा आएको प्रहरीटोलीसंग उपभोक्ताको चर्काचर्की समेत भएको थियो | तनाब बढेकै समयमा लाइन आएपछी जानकारी गराइएको समयभन्दा दुइघण्टा ढिलो सहज रुपमा पेट्रोल वितरण भएको थियो | अन्य पेट्रोल पम्पमा भने जेनेरेटरको प्रयोग गरेर समेत तोकिएकै समयबाट उपभोक्तालाई पेट्रोल वितरण गरिएको थियो |