४५ हजारको ५ महिनामा साढे १० लाख



भैरहवा, मंसिर २३ | सुन्दा अचम्म लाग्न सक्छ तर कुरा सत्य नै हो मेघजित राई नामक एक व्यक्तिले गत असार २३ गते ४४,९१०|- जम्मा गरेको ५ महिनामा अहिले उहाँको श्रीमति निमकुमारी थापा राईले १० लाख ३२ हजार ५ सय रुपौयाँ पाउनु भएको छ ।

यद्यपी उहाँ (मेघजित राई) अहिले यस संसारमा हुनुहुन्न । उहाँको नाममा गतबर्ष नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लि.मा आफ्नो जिवन कालमा विमालेख न. ३२१००३१७५|अन्तर्गत रु ५,००,०००|- को २० बर्ष नौलो जिवन सम्बृद्धि जिवन विमा गराउनु भएकोमा उक्त जिवन विमा अन्तर्गत निजबाट वार्षिक रु ४४,९१०|का दरले १ किस्ताको विमा शुल्क मात्र जम्मा गर्नु भएकोमा हाल
उहाँको मृत्यु भएपछि कम्पनीले उहाँको श्रीमतिलाई मृत्युदावी बापत रु १०,३२,५००|- बोनस सहित एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ । आफ्ना श्रीमानले विमा गरेकोले अहिले श्रीमान नभएपनि सो रकमले भएपनि आफ्ना वालबच्चाहरुको पालनपोषणमा सहयोग पुग्ने अपेक्षाले खुसी हुँदै राईले तत्काल सोही समयमै आफ्नो पल्देन राई नामक छोराको ६ लाख ६७ हजार रकमको विमा समेत गराउनु भएको थियो । सो अवसरमा राईलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्दै कम्पनीका भैरहवा शाखा प्रमुख पुरुषोत्तम सापकोटा जैशीले सम्पूर्णलाई आफ्नो लगायत आफ्ना परिवारजन हरुको उज्वल भविष्यको लागि विमा गर्नु अपरिहार्य रहेको बताउनु भयो ।
उक्त चेक हस्तान्तरणको अवसरमा कम्पनीका विष्णु सुवेदी, मनोज खराल, गजेन्द्र कहार, थमन मिथुन मगर लगायत स्थानीयहरुको समेत सहभागिता रहेको थियो ।
फोटो : मनोज खराल