नेपालमै पहिलो मानिएको सुचना सन्जाल प्रबिधि गुल्मी रिडीमा

आजबाट परीक्षण प्रसारण शुरु :
ज्ञवा संचार, पुस ३०। नेपालमै सम्भबत पहिलो परिक्षण मानिएको सूचना संजाल प्रबिधि गुल्मीको रिडीमा बुधबारदेखि संचालनमा आएको छ |

गुल्मी जिल्लाको रुरु धाम स्थित स्थानीय रुरु नेटवर्कको बिसेष अभियान र पहल एबं गुल्मी जिल्ला समाज युकेको बिसेष सहयोगमा संजालको स्थापना भएको हो |
गुल्मी समाज युके गुल्मी जिल्लामा घर भइ बेलायतमा बसोबास गर्दै आएका गुल्मेलेहरुको सामाजिक संस्था हो | गुल्मी समाज युकेले करीब ४ लाख रुपैया सहयोग प्रदान गरेको छ |

यसो त गुल्मी जिल्लामा घर भइ देशविदेशमा रहने गुल्मेलीहरुले गुल्मी जिल्लाको भौतिक बिकास निर्माण र सामाजिक सेवाको क्षेत्रमा ठुलो आर्थिक सहयोग जुटाउँदै आएको कार्य पनि नेपालमै नमुना मान्न सकिन्छ | गुल्मी समाज युकेले पनि जिल्लाको बिबिध क्षेत्रमा ठुलो आर्थिक सहयोग जुटाईसकेको छ |    
हालै रिडीमा स्थापना भएको सूचना संजाल रिडी बजारको १० मुख्य स्थानहरुमा २० वटा माइकहरु मार्फत परिक्षण प्रसारण शुरु भएको हो । स्थानीय संचारकर्मी सुन्दर कसजुले उक्त सन्जाल रिडी बजार क्षेत्रमा महत्वपूर्ण सुचनाहरु सम्प्रेसन गरी सर्बसाधारणलाई बिबिध सूचना र जानकारी गराउने लक्ष सहित स्थापना भएको बताउनुहुन्छ |

रिडीको बसपार्क, बिष्णु पञ्जर, पिपलटारी, ऋशीकेश मन्दिर क्षेत्रमा राखिएका अग्लो टावरमा माइक जडान गरी एउटै सन्जाल मार्फत सुचना प्रवाह गरिने पनि कसजु बताउनुहुन्छ |  तत्कालको लागी माघे मेला अर्थार्त मकर संक्रान्तिको तयारी बारे बिबिध अत्याबस्यक सूचनाहरु प्रसारण गरि संजालको प्रयोग भैरहेको छ | गुल्मी उद्योग बाणिज्य संघ रिडी शाखाको संचालन र संरकक्षणमा संजालको परिक्षण प्रसारण चलिरहेको पनि कसजु बताउनुहुन्छ |