गुल्मीकी कुँवर एकैपटक बनिन ४ सन्तानकी आमा

ज्ञवा संचार, पुस ३० | एक महिलाले सामान्यतया जुम्लेहा, तिम्लेहा बच्चाको जन्म दिएको त हामीले पढ्ने सुन्ने गरेका छौं | त्यस्तै कहिले कसो अक्कल झुक्कल एजेन्सीको स्रोत उल्लेख गर्दै बिभिन्न छापा माध्यममा कुनै महिलाले चारवोटा, पाँचओटा सम्म बच्चा जन्माएको खबर सुन्ने गर्छौं | हामीले आफ्नै आँखाले नदेखी खासै भरोसा गर्दैनौं पनि त्यस्ता खबरको |
हालै हाम्रै गुल्मी जिल्लामा एक महिला ४ ओटा सन्तानकि आमा बनेकी छन् | गुल्मी जैसीथोक गाबिस वार्ड नम्बर २ रातापोखराकी अन्दाजी २५ बर्षिय स्थानीय महिलाले ति ४ सन्तानको जन्म दिएकी हुन् | तम्घासस्थित रेसुंगा हस्पिटलबाट पाल्पा प्रबासस्थित मेडिकल कलेजमा २ महिना अघि रिफर भएकी कुँवरले शल्यक्रियाको माध्यमबाट २ छोरा र २ छोरीकी आमा बन्न सफल भएकी हुन् |
केहि बर्ष अघि पनि कुँवरले एकैपटक २ शिशुको जन्म दिएकी थियीन तर उनीहरुको जिबन बचाउन असफल भएकी थियिन | हालै जन्मिएका चारै जना शिशुको स्वास्थ्य अवस्था सकुसल रहेको र तौल डेढसय ग्रामको सेरोफेरोको चारै जनाको रहेको अस्पताल स्रोतबाट जानकारी प्राप्त भएको छ |
शल्यक्रियामा संग्लन डा.बिनिता थापा, डा.श्रीयसी अर्याल, डा.दिपक श्रेष्ठ लगाएतको टोलीले सफलता पुर्बकशल्यक्रिया सम्पन्न गरेका हुन् |