विमाको डेढ वर्षमै अलिहुसेनकी श्रीमतीलाई ३ लाख १८ हजार

ज्ञवा सचार, फागुन ४ । नेपाल लाइफ इन्सुरेन्स भैरहवा शाखामार्फत डेढ वर्ष अघि तिनलाखको जिवन समृद्धि विमा गरेका अलिहुसेन मियाकी श्रीमतीले अहिले ३ लाख १८ हजार ६ सय प्राप्त गरेकी छन् । 


मियाले २०७१ साल ५ महिना १८ गते १५ वर्षे जिवन समृद्धि विमा शुरु गरी वार्षिक शुल्क वापत रु.२८ हजार ४ सय ९७ मात्र तिरेकोमा उनको गत चैत महिनामा मृत्यु भएपछि निजकी श्रीमतीले मृत्यु दावी वापत उक्त रकम प्राप्त गरेकी हुन् ।
एक कार्यक्रमवीच विमा कम्पनीले उक्त रकम मियाकी श्रीमती हसिना खातुनलाई आज हस्तान्तरण गरेको हो । कार्यक्रम मा कम्पनीका भैरहवा शाखा प्रमुख पुरुशोत्तम सापकोटा, कर्मचारी विष्णुप्रसाद सुवेदी, मनोज खराल एवं त्यसक्षेत्रका व्यापारी र सर्वसाधारणको उपस्थिती रहेको थियो ।
उक्त रकम प्राप्त गरेसँगै हसिनाले विमाबाट पारिवारिक राहतको महशुस गरेकी छन् ।