संसारभर आज भ्यालेन्टाइन डे मनाइदै, साउदी अरबमा मनाए दण्ड

ज्ञवा संचार, फेब्रुअरी १४ | भ्यालेन्टाइन डे संसारका प्राय मुलुकले मनाउँछन । मनाउने शैली पनि फरक फरक छन् | तर साउदी अरब यस्तो देश हो जहाँ भ्यालेन्टाइन डे मनाउन त परै जाओस् प्रेमको प्रतिक मानिने रातो फुलको बिक्रिवितरण गर्न समेत प्रतिबन्ध छ | जहाँ भ्यालेन्टाइन डे को दिन रातो पहिरन लगाएर घरबाहिर निस्किन पनि प्रतिबन्ध छ | रातो पहिरनमा घर बाहिर निस्केमा सजायको व्यवस्था छ | 

भ्यालेन्टाइन डे को अवसरमा आज संसारभर रातो गुलाब, मुटुआकारका कुनै पनि वस्तु र उपहारको बिक्रिवितरण एबं माया गर्ने युगल जोडीबीच आदान प्रदान हुनेगर्छ |
भ्यालेन्टाइन डे अगाबै आफुलाई मन परेको व्यक्तिलाई प्रस्ताब राख्ने र आज बिसेष दिन पारेर घर बाहिर घुम्न निस्कने चलन नेपालमा पनि सामान्य बन्न लागीसकेको छ | नेपाली बजारमा रातो गुलाबको बिक्रिवितरण केहि दिन यता ह्वात्तै बढेको पाईएको छ |
प्राय नेपालको शहर-बजार क्षेत्रमा आज भ्यालेन्टाईन डे को निहुमा युवा युवती जोडी बनेर घर बाहिर निस्कने र होटल, पार्क, रेस्टुरेन्टहरुमा मायाप्रेम साटासाट गर्न ब्यस्त देखिन थालीसकेका छन् | बिगतका बर्षमा कतै यौंन बिकृति त कतै हत्या-आत्महत्याका घटनाहरु पनि सार्बजनिक भएका थिए |  
भ्यालेन्टाइन डेमा संसारभर पाँच करोडवडा गुलाबको बिक्री हुने तथ्यांक एजेन्सीहरुले उल्लेख गरेको पाइन्छ  | एजेन्सी लेख्छ-'यो दिन फूल किन्नेमा ७३ प्रतिशत पुरुष हुन्छन । आज बिहेका लागि औषत २ लाख २० हजारले प्रस्ताव गर्छन् । वर्षभरिमा हुने प्रेम प्रस्तावको यो करिब १० प्रतिशत हो ।' |