ज्ञवा संचार : पूर्व प्रधानमन्त्री एबं नेपाली कांग्रेसका
शिर्ष नेता, पार्टी सभापति, नेपालको संबिधान २०७२ जारी गर्न प्रमुख भूमिकामा रहेका,
इमान्दार र निष्ठावान ब्यक्तित्तोका धनी, रास्ट्रपिता लायक सुशील कोइराला हामी माझ
रहेनन् |
पार्टीको १३औं अधिबेसनमा पार्टीको शिर्ष सभापति पदमा उम्मेदवारी दिएर ढल्दो
उमेर र शारीरिक अस्वस्थताको बाबजुत चुनाबी मैदानमा कुद्धाकुद्दै क्यान्सर जस्तो
रोगलाई जितेका व्यक्ति निमोनियाले गाल्दै गएपछी चिकित्सकको हेरचाहबीच संसार छोडेका
छन् |
गत दुइ हप्तादेखि चिकित्सक निगरानीमा रहेका उनी अधिबेशनको बेगलाई मध्यनजर गर्दै उनको स्वास्थ्य अवस्था गुपचुप राखिएको स्रोतले बताएको छ | फोक्सो फुलिदै गएपछि मध्य राती आफ्नै निबासमा उनी प्राणबायुबाट अलग्गिएका हुन् | उनको निधनबाट बिच्छिप्त बनेका नेपाली कांग्रेस पार्टी नेता नरहरी आचार्य पनि आज बिहान बेहोस भएपछी काठमाडौँको नर्भिक अस्पतालमा उपचार्थ भर्ना गरिएको छ |
गत दुइ हप्तादेखि चिकित्सक निगरानीमा रहेका उनी अधिबेशनको बेगलाई मध्यनजर गर्दै उनको स्वास्थ्य अवस्था गुपचुप राखिएको स्रोतले बताएको छ | फोक्सो फुलिदै गएपछि मध्य राती आफ्नै निबासमा उनी प्राणबायुबाट अलग्गिएका हुन् | उनको निधनबाट बिच्छिप्त बनेका नेपाली कांग्रेस पार्टी नेता नरहरी आचार्य पनि आज बिहान बेहोस भएपछी काठमाडौँको नर्भिक अस्पतालमा उपचार्थ भर्ना गरिएको छ |
६ दशकदेखि
निरन्तर नेपाली राजनीतिमा सक्रिय उनी केन्द्रिय
सदस्य, महामन्त्री, उपसभापति, कार्यबहाक सभापति हुँदै १२औं महाधिबेसनबाट पार्टीको सर्वस्च पद सभापतिमा निर्बाचित भएका थिए | २०१७ सालमा राजा महेन्द्रले बिपी नेत्रित्तोको पहिलो जननिर्बाचित सरकारलाई
अपदस्त गरेपछि उनी भारत प्रबास गएका थिए | त्यसपछीका दिनमा कोइराला परिवारको रेखदेखको जिम्मेबारी उनको काँधमा आएको
थियो |
२०३० सालमा नेपाली कांग्रेसको शसस्त्र क्रान्तिकारीको
लागी रकम जुटाउन तत्कालीन बायुसेवा निगमको बिमान अपहरण काण्डमा पक्राउ परेका उनी भारतका बिभिन्न जेलमा ३ बर्ष बिताएका थिए | त्यसपश्चात उनले नेपालगंजलाई
आफ्नो कर्मथलो बनाएका थिए |
२०४८ र २०५६
सालको संसदीय निर्बाचनमा बाँके क्षेत्र नम्बर २ बाट निर्बाचित भएका उनी पछिल्लो समय बाँके र चितवनबाट संबिधान सभामा निर्वाचित भएका थिए | दोस्रो संबिधान सभाको चुनाबपछि २०७० माघ २७ गते मुलुकको
उनी
मुलुकको ३७औं प्रधानमन्त्री बनेका थिए |
कोइरालाकै नेत्रित्तोमा गत असोज ३ गते संबिधान सभाबाट
संबिधान जारी भएको हो |
निष्ठाको राजनीतिमा विश्वास गर्ने कोइराला सादा जिबन
व्यतित गर्ने पछिल्लो पुस्ताका शिर्ष नेता हुन् | नचिनेका कार्यकर्तालाई पनि चिनेजस्तो गरि बोलाउने बोल्ने,
भेट्न खोज्ने मानिसलाई सजिलै भेट दिने उनको आचरणको पनि चर्चा हुने गर्छ | उनको सम्पत्ति भन्नु केहि थिएन | काठमाडौँमा पुर्ब प्रधानमन्त्री
गिरिजाप्रसाद कोइराला, भान्जा
रमेश भण्डारी हुँदै पछिल्लो समय पुत्र सुशांक कोइरालाको निबासमा उनी बस्दै आएका थिए | पंचायतकालमा पार्टी खर्च जुटाउन उनले आफ्नो नाममा भएको
एकमात्र जग्गा पनि बिक्रि गरेका थिए |
कुनै समय हलिउडमा नायक बन्ने सपना राखेका कोइराला
संबिधान सभाबाट संबिधान जारी गर्दै जनताको ६ दशकको चाहना पुरा गरि राजनीतिक नायक
भएर सदाका लागी बिदा भएका छन् | उनको सरल
जिबनशैलीको अनुशरण सबैले गर्नुपर्ने आवस्यक छ | अन्तरास्ट्रियस्तरमा पनि राम्रो छबी
बनाएका व्यक्ति भएकोले उनको अन्त्यस्टिमा अन्तरास्ट्रिय जगत पनि स्तब्ध भएको छ | नेपाली
कांग्रेस पार्टीका नेता-कार्यकर्ता, अन्य पार्टीका नेता कार्यकर्ता, देश-बिदेशबाट
उपस्थित बिशिष्ठ ब्यक्तित्तोको उपस्थितिमा मंगलबार उनको पार्थिव शरीरप्रति श्रद्धाञ्जली
व्यक्त गरिदै छ भने बुधबार काठमाडौँमा उनको अन्त्यस्टि गरिने भएको छ | उनको निधनले
नेपाली कांग्रेस पार्टीसंगै रास्ट्रलाई पनि अपूर्णनिय क्षति पुगेको छ |