ज्ञवा संचार, माघ २५ । नायीका नेहा पुनको हत्यामा संलग्नलाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ । प्रहरी श्रोतका अनुसार न्युरोडका सतिश खड्की नेहा हत्या अभियोगमा पक्राउ परेका हुन् । सतिशले नेहाको हत्यागरेको स्वीकार गरेका छन् |
सतिशले १८ गते राती काम सकेरसंगै मोटरसाईकलमा घर फर्किने क्रममा हत्या गरेको बयानका क्रममा स्वीकारेका छन् । श्रोतका अनुसार, उनीहरु लेकसाइड हुदै घर फर्केदै थिए | सतिशले घर पुगेपछि नेहासंग यौन प्रस्ताब गरे । नेहाले मानिनन्, उनले जबरजस्ती गर्न खोजे । त्यसपछि नेहाले सतिशलाई गाली गरिन् । ‘मुख छोड्छेस’ भन्दै सतिशले हेलमेट नेहाको टाउकोमा प्रहार गरे । रिसले चुर सतिशले ३/४ पटक टाउकोमा हेल्मेटले हानेपछी नेहा तेही ढलिन् । सतिशले नेहालाई तेही छोडेर भागे ।
माघ १९ गते मर्निङ् वाक गएका सर्बसाधारणले नेहाको शब देखे र प्रहरीलाई खबर गरेका थिए । नेहाको शब उनकै घरभन्दा ४ सय मिटर पर फालिएको थियो । उनको शब कालो पछ्यौराले छोपिएको अर्धनग्न अवस्थामा थियो । हत्या कसले गर्यो कसरी भयो भन्ने प्रहरीलाई थाहा नहुँदा घटनामा संलग्नको पहिचान खुल्न सकेन ।
प्रहरीकै अनुसन्धानका क्रममा कास्की प्रहरीले सतिशसहित धेरैलाई अनुसन्धानको दायरामा ल्यायो । तर केहि खुल्न सकेन । हत्याकै दिनमा सतिशलाई नियन्त्रणमा लिएर बयानका क्रममा नेहालाई १८ गते राती इन्द्रचोकमा छोडेको बयान दिए । अन्य सुराकमा कास्की प्रहरी जुटीरह्यो अनि कास्की प्रहरीले सतिश माथि शंका गर्यो । अरुदिन घरमै लगेर छोड्ने सतिशले किन इन्द्रचोकमा लगेर छोडे । केटि मान्छे तेती राती एक्लै छोड्ने कुरै भएन त्यहिबाट प्रहरीले अनुसन्धान थाल्यो ।
सबै प्रमाण जुट्दै गर्दा सतिशले एकपछि अर्को गर्दै सबै कुरा प्रहरी सामु खुलासा गरेका हुन् । अनन्त भण्डारीले रेडियो सारंगी नेटवर्कमा लेखेका छन् |