प्रकाशित मिति : बिहि, फाल्गुन ६, २०७२
–कपिल ज्ञवाली /फागुन ६ बुटवल ।
रहस्यम तरिकाले मृत अबस्थामा फेलापरेकी रुपन्देहीकी एक युवतीको शब काठमाडौं पुर्याइएको छ । बुटवलको लुम्बिनी अञ्चल अस्पतालले पोष्टमार्टम र थप अनुसन्धानका लगि भन्दै शब टिचिङ अस्पताल काठमाडौ पठाएको हो ।
उनको अस्वभाबिक मृत्युको खास कारण भने प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगर बस्ने २० बर्षिय जिम्निष्टी टण्डन बुटवल देबनिगरमा रहेको सिसिटी कलेजकी ब्याचरलर दोश्राे बर्षकी बिद्यार्थि हुन् ।
फागुन ४ गते सिद्धबाबा नजिकैको तिनाउ खोला किनारमा उनको शब भेटिएको थियो । उनी फागुन १ गते राती साढे १२ बजे तिर घर बाट निस्केकी थिइन् ।
यस्तो थियो घटनाक्रम :-
जिम्निष्टी दाङका २४ बर्षिय सन्दीप बस्नेतसंग प्रेममा फसेकी थिइन् । एउटै कलेजमा पढेका उनीहरुबिच गहिरो प्रेम सम्बन्ध रहेको खुलेको छ ।
उनी अहिले प्रहरीकाे नियन्त्रणमा छन् । आफुभन्दा १ ब्याज सिनीयर रहेका बस्नेतसंग उनको दैनिक फोनमा कुराकानी र भेटघाट हुने गर्दथ्यो ।
बस्नेत आफ्नो घर दाङ भएका थिए । लामो समयदेखी मायामा बाधिएका उनीहरुबिच करिब डेढ बर्ष जति मायामा चिसोपन (ग्याप) पनि रहेको थियो । पछि सम्बन्ध सुध्रिएको थियो ।
सन्दीप बस्नेत माघ २९ गते बुटवल आएर पुरानो बसपार्क स्थित शुभलक्ष्मी गेष्ट हाउसमा बसेका थिए ।
बस्नेत र दाङकै अर्का साथि पनि होटलमा बास बसे । उनीहरु गाडि बनाउन भनेर बुटवल आएका थिए ।
फागुन १ गते राती साढे १२ बजे उनीहरु बिच याेगिकुटीमा भेट भयाे :-
१ गतेपनि गाडि नबनेपछि उनीहरु त्यहि बसे । प्रेमीका टण्डनले बस्नेतलाइ भेट्न आउन आग्रह गरेपछि बस्नेत फागुन १ गते राती साढे १२ बजे होटल मालिकलाइ अस्पताल जानुछ भनेर ढोका खोल्न लगाएर उनी त्यहाबाट बाहिरीएको बुझिएको छ ।
उनीहरु बस्नेत र टण्डन बुटवल र तिलोत्तमाको सिमाना योगिकुटीमा राती साढे १२ बजेतिर भेटेर गफगाफ गरेका थिए । उनीहरु दुबैजना साढे ५ बजे होटेल पुगेको होटल संचालकले बताए ।
३ जना त्यहि बसेर छलफल गरेका थिए ।उनीहरुबिच गलत सम्बन्ध नभएकाे हाेटलका संचालकले बताए । तर टण्डनले आफू अब घर नफर्की मर्ने भन्दै बस्नेतलाइ चेताबनी दिएको बस्नेतले प्रहरीसंगको बयानमा भनेका छन् । होटलमा ७ बजे बस्नेतले सबैकाे पैसा समेत तिरेरसंगै निस्किएका थिए ।
त्यसपछि बस्नेत काठमाडौंका लागि बस चढेको र पछि उनीसंग सम्पर्क नभएको प्रहरीले बताएको छ । टण्डनले सोहि दिन धेरै साथिहरुलाइ कल गरेर ‘मेरो अन्तिम यात्रा सिद्धबाबातिर जादै छु अब म फर्किन्न’ भनेर भनेको अनुसन्धानबाट फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप बिस्तृत अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक राजु कार्कीले बताए । ‘हामी अनुसन्धानमै छौं,घटना सुसाइट वा मर्डर के हो केहि दिनमै खुल्ने गरि अनुसन्धान थालेका छौं ।’उनले नागरिक आवाजसंग भने ।-nagarikaawaj.comबाट