अन्ततः श्रेष्ठ बने कांग्रेस गुल्मी सभापति

गुल्मी फागुन ९ । नेपाली कांग्रेस गुल्मीको सभापतिमा भुवन प्रसाद श्रेष्ठ निर्बाचित भएका छन् । दोस्रो चरणमा भएको चुनावबाट उनले प्रतिस्पर्धी शालिकराम पन्थीलाई दुई सय ५९ मतले पराजित गरे । शनिबार भएको पहिलो चरणको निर्बाचनमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि सभापतिको निर्बाचन आइतबार बिहान भएको थियो । 
सचिवमा खिलध्वज पन्थी निर्बाचित भएका छन् । उनले प्रतिस्पर्धी महेन्द्र भण्डारीलाई फराकीलो मत अन्तरले हराए । कोषाध्यक्षमा हरिबहादुर खत्री निर्बाचित भएका छन् । त्यस्तै सदस्यहरुमा क्षेत्र नम्बर एकबाट गोपाल प्रसाद पाण्डे, धिरेन्द्र केसी, गोपाल प्रसाद श्रेष्ठ, करुणा खरेल, सीता बलाल, श्रीप्रसाद थापा र पूर्णबहादुर सार्की निर्बाचित भएका छन् । क्षेत्र नम्बर दुईबाट थम्मन केसी, अनन्त पौडेल, अमृता देबि कुँवर, कल्पना घिमिरे, प्रकाश भलामी, कौरव खत्री र झबिन्द्र विक निर्बाचित भएका छन् । क्षेत्र नम्बर तीनबाट काँशीबहादुर बोहोरा, नविन जिसी, अनिसा अर्याल, सुशिला भुसाल, गोपालबहादुर थापा मगर र हरिकृष्ण विक निर्बाचित भएका छन् । रेसुंगा न्युज अनलाइनमा खबर छ |