नेका गुल्मी सभापतिमा श्रेष्ठ र शालिक भिड्दै, सचिबमा पन्थी र कोषाध्यक्षमा खत्री बिजयी

शालिक पन्थी
खिलध्वज पन्थी
भुवन श्रेष्ठ
प्रेम सुनार, गुल्मी, फागुन– ८ । नेपाली कांग्रेस गुल्मीको जिल्ला अधिवेशनको पहिलो चरणको मत परिणाम अनुसार सभापतिमा भुवनप्रसाद श्रेष्ठ अग्रस्थानमा रहेका छन् ।   त्यस्तै सचिवमा खिलध्वज पन्थी विजयी भएका छन् । अधिवेशन स्थलबाट पत्रकार समेत रहेका सो पार्टीका कार्यकर्ता छविलाल पाण्डेले दिएको जानकारी अनुसार सभापतिका उमेदवार भुवनप्रसाद श्रेष्ठले ३ सय ४६ मत ल्याएका छन् । उनका  निकटतम प्रतिद्धन्द्धी शालिक पन्थीले २ सय १ मत ल्याएका छन् ।  ८९ मतले अग्रता ल्याएका छन् ।
सभापतिका अन्य उमेदवारहरु छन्दबहादुर पहराईले १ सय ३६ मत , वेद थापा मगरले ८८ मत र अर्का दामोदर भुसालले ७७ मत ल्याएका छन् । त्यस्तै सचिव पदका उमेदवार खिलध्वज पन्थीले प्रतिस्पधी महेन्द्र भण्डारी भन्दा भारी मत ल्याएर विजयी भएका छन् ।

पन्थीले ४ सय ४१ मत ल्याएर विजयी भएका छन् ।  प्रतिद्धन्थी भण्डारीले १ सय ४३ मत ल्याएका छन् ।  त्यस्तै कोषाध्यक्षमा हरिबहादुर खत्री .( हरी केसी )  ३ सय ४३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी रमेशकुमार भण्डारीले २ सय ४८ मत र हिरासिंह सारङकोटीले २ सय २१ मत ल्याएर पजाजय भएका छन् ।
कांग्रेसको विधान अनुसार पहिलो चरणमा ५१ प्रतिशत ल्याउनु पर्छ   । तर सभापतिका उमेदवार श्रेष्ठले ५१ प्रतिशत मत ल्याउन नसके पछि निकटतम प्रतिद्धन्द्धी पन्थी संग दोश्रो चरणको चुनावी मैदानमा भिड्दै छन् । तस्वीरः  सभापतिका लागि दोश्रो चरणको निर्वाचनमा भिडदै गरेका श्रेष्ठ र पन्थी । सचिवमा विजयी  खिलध्वज पन्थी