जिम्नीष्टिको ‘हत्या’ बिरोधमा तम्घासमा ¥याली गरिने

गुल्मी, फागुन ९ । बुटवलको तिनाउन खोला किनारमा मृत अवस्थामा फेला परेकी गुल्मीकी युवती जिमनिष्टी टण्डनको मृत्युको कारण बाहिर ल्याउन दबाब दिनको लागि भोलि फागुन १० गते गुल्मीमा शान्तिपुर्ण बिरोध ¥याली निकालिने भएको छ । 

तम्घासका युवाहरुको समुह कोभ्रा ग्रुपले भोलि बिहान तम्घास बजारमा शान्तिपूर्ण ¥याली निकाल्ने जनाएको छ । ग्रुपका सदस्य हिमाल श्रीसले उनको मृत्युको कारण बाहिर ल्याउन माग गर्दै आफूहरुले ¥यालीको तयारी गरेको बताए ।
साथै उनले तम्घास सहित आसपासका स्थानीयहरुलाई ¥यालीमा उपस्थित हुन पनि आग्रह गरेका छन् । उनको शव केही दिन अघि बुटवलको तिनाउ खोला किनारमा मृत अवस्थामा फेला परेको थियो । शरिरमा निल डामहरु भेटिएपछि उनको हत्या भएको भन्दै आफन्तहरुले छानबिनको माग गरेका छन् । उनलाई कसैले हत्या गरेर खोला किनारमा फालेको उनीहरुले बताएका छन् । रेसुंगा न्युज अनलाइनमा खबर छ |