"गजल" @गोकर्ण प्रकाश ज्ञवाली

विश्वास ढल्दो रहेछ माया रित बनेपछि
 बल्ल थाहाभयो जिन्दगी नै गित बनेपछि |

आगो जले धुवाँ हुने मुटु जले आँशु यहाँ
छामे हेरें दुवै तातो याद अतित बनेपछि |


थोपापानी झरी बने रुझुं हुने रमझम
विलिन हुने क्षणभरमै सित बनेपछि |

प्यासी अनि आशासित जिन्दगी यो
यात्रामा म हार उनी जित बनेपछि |
-रचना-गोकर्ण प्रकाश ज्ञवाली |